नवलपुर । यस क्षेत्रकै प्रतिष्ठित कलेजको रुपमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्न आज (सोमबार) प्रवेश परीक्षा लिँदैछ ।
नेपालकै पहिलो आइटी कलेज तथा यस क्षेत्रकै पहिलो साइन्स कलेजको रुपमा स्थापना भएको यस कलेजको कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन तथा पत्रकारिता विषयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि आज प्रवेश परीक्षा गर्न लागिएको कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलले बताउनुभयो । उहाँकाअनुसार कलेजले कक्षा ११ तर्फ बायो साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, पत्रकारिता र कानुन विषयका लागि आज प्रवेश परीक्षा लिन लागेको हो ।
प्रवेश परीक्षामा नाम निकाल्नेमध्ये उत्कृष्ट तीन जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिएको पौडेलको भनाइ छ । कलेजले दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्यापन गराउँदै आएकोमा विज्ञान तथा व्यवस्थापनतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै आएको पौडेलले लोक सूचनालाई बताउनुभयो । प्रवेश परीक्षाका लागि ८०० भन्दा बढी विद्यार्थीले फारम भरेका पौडेलले बताउनुभयो ।
कलेजका प्राचार्य प्राध्यापक डा इ हरि भण्डारीले कलेजले विद्यार्थीलाई सैद्धान्तिकसँग व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । कक्षा ११ मा भर्ना हुने सबै विद्यार्थीले कम्प्युटर विषय अध्ययन गर्ने भन्दै उहाँले सबै विद्यार्थीले ल्याबमा छुट्टाछुट्टै कम्प्युटर प्रयोग गर्न पाउने बताउनुभयो । नेपालकै उत्कृष्ट ल्याबमा होटल म्यानेजमेन्टका विद्यार्थीहरुले प्रयोगात्मक कार्य गर्न पाउने भन्दै उहाँले बायो तथा कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि सुविधासम्पन्न ल्याब भएको बताउनुभयो ।





प्रतिकृया दिनुहोस्