चितवन । चितवनको नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरिएको छ । नेपालका लागि टिभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स र मालाश्री अटो मोबाइल्सले आज दिउँसो नारायणघाटमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरेको हो ।
कम्पनीले यसलाई ‘अधिक कमाइ, अब्बल रोजाइ’ भन्ने नाराका साथ सार्वजनिक गरेको मालाश्री अटो मोबाइल्सका सञ्चालक भीमसेन श्रेष्ठले बताउनुभयो । टिभीएस किङ्ग्सले नेपालमा आफ्नो यात्रा सन् २०१६ देखि सुरु गरेको भन्दै उहाँले यसलाई समयसमयमा स्तरोन्नती गर्दै टिभीएसले नेपालमा पहिलो पटक नारायणघाटबाट विद्युतीय मोडल टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरिएको बताउनुभयो । नेपालको तीन पाङ्ग्रे सेग्मेन्टमा पहिलो रोजाइ बनेको यस टिभीएस कम्पनीका अटो रिक्साहरुले नयाँ इभी मार्फत व्यवसायिक चालकहरुका लागि उपयुक्त विकल्पका रुपमा रहेको श्रेष्ठले बताउनुभयो ।
टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक सार्वजनिकीकरण कार्यक्रममा जगदम्बा मोटर्सका विजनेश प्रमुख हरि न्यौपानेले टिभीएस किङ्ग्स इभी म्याक्स केवल एउटा नयाँ सवारीसाधनमात्र नभइ स्वरोजगार प्रवद्र्धन र नवपरिवहनलाई आम जनजीवनको दैनिक आधारमा नयाँ आयाम दिने माध्यम भएको बताउनुभयो । ‘हामीले नेपाली व्यवसायिक बजारको आवश्यकतालाई ध्यानमा राखेर यो नयाँ ऊर्जा समाधान प्रस्तुत गरेका हौँ’ उहाँले भन्नुभयो, ‘जसले चालकहरुलाई आत्मनिर्भरता र अधिक आम्दानीतर्फ प्रेरित गर्नेछ ।’ टिभीएस किङ्ग्स इभी म्याक्समा शक्तिशाली मोटर, लामो रेन्ज, आरामदायी केबिन, बलियो च्यासिस तथा कम सञ्चालन खर्च जस्ता विशेषता समावेश भएका न्यौपानेको भनाइ छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले नेपालमा सवारीसाधन दुर्घटना ठूलो समस्याको रुपमा रहेको बताउनुभयो । सवारीसाधन बढेसँगै दुर्घटनाको दर पनि बढेको भन्दै थापाले नेपालमा दैनिक हुने दुर्घटनाबाट औषतमा सात जनाको मृत्यु हुने गरेको बताउनुभयो । उहाँकाअनुसार चितवनमा हुने दुर्घटनाका कारण हरेक तीन दिनमा एक जनाको मृत्यु हुने गरेको छ ।
सवारीसाधन दुर्घटना न्यूनीकरण गर्नु हामी सबैको साझा दायित्व हुन आउने भन्दै थापाले तीन पाङ्ग्रे सवारीसाधनका चालक अझ बढी जिम्मेवार हुनुपर्नेेमा जोड दिनुभयो । ट्राफिक प्रहरीले चितवनमा गर्ने सवारीसाधन जाँचका क्रममा हरेक तीन दिनमा १०० भन्दा बढी अटो चालकले सवारीसाधन अनुमति पत्र बिना सवारीसाधन चलाउने गरेको भेटिएको थापाको भनाइ छ । सवारीचालक अनुमतिपत्र बिना सवारीसाधन चलाउँदा यसले कानूनी झमेलासमेत बेहोर्नपर्ने अवस्था सिर्जना हुने भन्दै थापाले सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चीरञ्जीवी सुवेदी, उपाध्यक्ष राजन पिया तथा अटो चालकहरुले आफ्ना धारणाहरु राखेका थिए ।





प्रतिकृया दिनुहोस्