चितवन । चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको भएका छन् । स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति मध्यराति अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर घरभित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिटसमेत गरेका पीडित घिमिरेले बताइन् । कुटपिटपछि उनीहरूले घिमिरेले कानमा लगाएको करिब २ तोलाको सुनको रिङ कानको लोती छिनाएर लुटेर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मनिस श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । शङ्कास्पद व्याक्तिहरुमाथि निगरानी गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।





प्रतिकृया दिनुहोस्