नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित गैँडाकोट–१० पितौजीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको को१९प ४००२ नम्बरको मोटरसाइकल राति १ः०० बजेको समयमा अनियन्त्रित भइ सडकमा पल्टिदा तीन जना घाइते भएका हुन् । सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर पितौजीका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काकाअनुसार दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ । खड्काको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बलको १५ जनाको टोलीले घाइतेको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा पठाएको छ ।
दुर्घटनामा परी नवलपुरको गैँडाकोट–४ का १९ वर्षीय अमित मल्ल ठकुरी, तनहुँको देवघाट–२ का १९ वर्षीय आयुन मल्ल र गोरखाको सहिद लखनथापा-२ घर भइ नवलपुरको गैँडाकोट-२ बस्ने २० भूपेन थापा घाइते भएका खड्काले जानकारी दिनुभयो । घाइते दुई जनाको अवस्था मध्यम भएपनि थापा गम्भीर घाइते भएका खड्काको भनाइ छ । दुर्घटनामा परेको रोयल इन्फिल्ड मोटरसाइकल अस्थायी प्रहरीचौकी बेल्डिहामा रहेकाे छ ।





प्रतिकृया दिनुहोस्