नवलपुर । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका एकजनाको शव निकालिएको छ । नवलपुरको गैँडाकोट–५ का १८ वर्षीय स्मित लामिछानेको आज दिउँसो कालीगण्डकीबाट शव निकालिएको हो ।
गैँडाकोट–३ स्थित कालीगण्डकी नदीमा सोमबार चार जना युवाहरु पौडी खेल्न जाने क्रममा लामिछाने नदीमा डुबेर बेपत्ता भएका थिए । लामिछाने बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटर नवलपुरबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीसहितको टोलीले खोजी कार्य सुरु गरेको थियो ।
त्यस्तै आज दिउँसो १२ः४५ बजेको समयमा नम्बर ३१ गुल्म हेडक्वाटरबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा गोताखोर तालिम प्राप्त टोली परिचान भएको अवस्थामा दिउँसो करिब २:३० बजेको समयमा लामिछानेको शव निकालिएको खड्काले जानकारी दिनुभयो । कालीगण्डकीबाट निकालिएको लामिछानेको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्