१९ जेष्ठ २०८३, मङ्गलबार १७:३१
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण जेठ १ गतेदेखि सुरु गरिएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटसम्म बाघ गणना भएका क्षेत्रमा ४०० ट्रान्जीट बनाएर आहरा प्रजातिको सर्वेक्षण गरिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बताउनुभयो । बाघको आहार प्रजातीमा जरायो, चितल, लगुना, रतुवा, गौरीगाई, बँदेल, निलगाई र बाँदर पर्छन् ।
शुक्लाफाँटा, बाँके र बर्दियामा चौका र बाह्रसिंगे समेत बाघको आहारा प्रजातिको रुपमा छन् । सर्वेक्षण सकेपछि दुरी छनोट विधिबाट आहारा प्रजातिको सङ्ख्या निकालिने उहाँले जानकारी दिनुभयो ।
निकुञ्जमा सर्वेक्षण सकिएसँगै अध्ययनको काम सुरु गरिने छ । यससँगै बाघका लागि आवश्यक आहारा प्रजाति जोगाउन के गर्न सकिन्छ भन्ने अध्ययनका लागि सहज बन्ने उहाँले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्