१६ असार २०८३, मङ्गलबार १८:३५
चितवन । चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत नवलपुरको गैंडाकोटकी सन्तोषी श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएकी छिन् ।
घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । नवलपुरको गैंडाकोट नगरपालिका–२ निवासी २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ ।
श्रेष्ठलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ ।





प्रतिकृया दिनुहोस्