चितवन । चितवनको भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पस गणित विभागका सहप्राध्यापक वसन्तराज लामिछानेले काठमाडौँ विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि गर्नुभएको छ ।
‘नेपालको गणित शिक्षामा उपनिवेशिकताको प्रभाव’ विषयमा लामिछानेले सो उपाधि प्राप्त गर्नुभएको हो । उहाँले अनुसन्धानमा उपनिवेशिकताले पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन पद्धतिमा पारेको प्रभावलाई बहुभाषिक ढंगबाट विमर्श गर्नुभएको छ । यसले गणित शिक्षाको वर्तमान वहसमा नयाँ आयामा थपेको विज्ञहरुको विश्वास छ ।
भरतपुरको पटिहानीमा रहेको अमर माध्यमिक विद्यालयबाट विसं २०४८ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका लामिछानेले विसं २०५६ सालमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रतर्फ स्नातकोत्तर तहमा विशिष्ट श्रेणीसहित नेपाल प्रथम हुनुभएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तह र बीएड सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अध्ययन पूरा गर्नुभएको थियो । सन् २०१९ मा काठमाडौँ विश्वविद्यालयबाट एमफिल गर्नुभएका लामिछानेले राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा एक दर्जन बढी अनुसन्धानमूलक लेखहरु प्रकाशित गर्नुभएको छ ।
उहाँले ३० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुमा आफ्नो अनुसन्धानमूलक खोजहरु प्रस्तुत गर्नुभएको छ । लामिछाने गणित शिक्षा परिषद् चितवनको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।





प्रतिकृया दिनुहोस्