चितवन । चितवनका ७ वटै स्थानीय तहहरुले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरुले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले आज एक सूचना जारी गर्दै बाढी र पहिरोको उच्च जोखिम देखिएकाले एक दिनका लागि बिदा गर्ने निर्णय गरेको जनाएको छ ।
माडी नगरपालिकाकी प्रमख ताराकाजी कुमारी काजी महतोले निरन्तर भारी वर्षाले बाढी र पहिरोको जोखिम देखिएकाले एक दिनका लागि विद्यालयमा बिदा दिईएको जानकारी दिनुभयो । ‘शुक्रबार एक दिनका लागि बिदा दिर्ने निर्णय गरेको छौं, आवश्यकताका आधारमा थप निर्णय गर्छौ’ नगर प्रमुख महतोले भन्नुभयो ।
कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले भारी वर्षाको सम्भावना देखिएकाले आवश्यकताको आधारमा एक दिनका लागि बिदा दिइएको जानकारी दिनुभयो । चितवनमा बिहीबार विहानैदेखि वर्षा भइरहेको छ ।





प्रतिकृया दिनुहोस्