११ आश्विन २०८३, आइतबार १०:२५
नवलपुर । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा पहिरो खस्दा राजमार्ग एकतर्फी सञ्चाललनमा आएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा माथिबाट लेदोसहितको पहिरो खसेर राति १ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडक आज बिहान ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार पहिरो हटाएर सडक दुईतर्फी सञ्चालन गर्ने काम भइरहेको । दाउन्ने खण्डमा सडक माथिको पहाडबाट रुखसहित लेदो खसेर सडक अवरुद्ध भएको थियो ।
दाउन्ने क्षेत्रमा अहिले पनि पानी परिरहेको उल्लेख गर्दै उहाँले एक्साभेटरसहितको उपकरण प्रयोग गरी पहिरो तथा रुख हटाउने काम भइरहेको जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्