चितवन । नेपाल दुर्लभ रक्त समुदाय चितवनमा राजमणि नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार भरतपुरमा भएको संस्थाको १६औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनबाट संस्थाको उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दीपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सहसचिवमा कृष्टी सापकोटा निर्वाचित भएका छन् । त्यस्तैगरी, कार्यसमिति सदस्यहरूमा रामचन्द्र हुमागाई, प्रमिलादेवी पाण्डे, गोविन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सविता पौडेल, विमला मिश्र र हरि भण्डारी निर्वाचित भएका छन् ।
अधिवेशन अघि संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको थियो । साधारणसभाका क्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनकी प्रमुख सुमित्रा पौडेल प्रमुख अतिथि तथा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रीय तदर्थ समितिका अध्यक्ष पुष्पराज शर्मा विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
साधारणसभाका क्रममा सहभागीहरुले दुर्लभ रक्त समूह भएका बिरामीको जीवन रक्षामा संस्थाले पु¥याउँदै आएको योगदानको प्रशंसा गरेका थिए । संस्थाको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागी अतिथिहरुले जोड दिएका थिए ।
नवनिर्वाचित कार्यसमितिले दुर्लभ रक्त समूहको आवश्यकता परेका बिरामीलाई सहज रूपमा सेवा उपलब्ध गराउने तथा संस्थाको संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ । साधारणसभा तथा अधिवेशनमा संस्थाका सदस्य, नियमित रक्तदाता तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।





प्रतिकृया दिनुहोस्