२० आश्विन २०८३, मङ्गलबार १०:३१
चितवन । चितवनमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार असोज १४ गते बिहान करिब ५ बजेको समयमा घले मर्निङवाकमा निस्किएका बेला फलेनी क्षेत्रमा एक्कासि गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका घलेलाई उपचारका लागि भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचाररत घलेको असोज १९ गते राति ११ बजेर १२ मिनेटमा चिकित्सकले मृत्यु घोषणा गरेका यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको यादवको भनाइ छ ।





प्रतिकृया दिनुहोस्