नवलपुर । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालीहरुको महान् चाड दसैँको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
कलेजले आज शुभकामनासँगै वर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सम्मानित गरेको कलेजका सूचना अधिकारी दीपक पराजुलीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा उत्कृष्ट प्राध्यापक, शिक्षक र कर्मचारी गरी १६ जनालाई नगदसहित पुरस्कृत गरिएको पराजुलीले लोक सूचनालाई जानकारी दिनुभयो । सम्मानित तथा पुरस्कृत हुनेहरुमा प्रा डा ई हरि भण्डारी, एसोसिएट प्रोफेसर भीमप्रसाद भण्डारी, बालकृष्ण न्यौपाने, ई सन्तोष पौडेल, सुजन घिमिरे, रेखा लम्साल, रितु कुमाल, नवराज गौतम, दीपेन्द्र सिलवाल, दानबहादुर गिरी, प्रमोद चापागाईं, माधवमान बस्नेत, खुमराज ढकाल, शिवबहादुर पाठक, भीमप्रसाद सुवेदी, खुमकान्त घर्ती रहनुभएको पराजुलीले बताउनुभयो ।

त्यस्तै कार्यक्रमकै अवसरमा यस वर्ष कलेजमा नियुक्ति हुनुभएका प्राध्यापक तथा कर्मचारीहरुलाई नियुक्तिपत्र समेत प्रदान गरिएको पराजुलीले बताउनुभयो । त्यस्तै, कलेजको भर्ना कार्यक्रममा सहयोग गर्ने कृष्ण विके, शरदचन्द्र न्यौपाने, धर्मराज उप्रेती, दीपेन्द्र सिलवाल, रेखा, लम्साल, नवराज गौतम, दीपक पराजुली, मुक्ति भुसाललगायतलाई कलेजका अध्यक्ष नारायण भण्डारी तथा प्रिन्सिपल प्रा डा ई हरि भण्डारीले मायाको चिनो प्रदान गर्नुभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा दसैँको शुभकामना व्यक्त गर्दै कलेजका प्राचार्य प्रा डा ई हरि भण्डारीले मानिसको जीवन सफल बनाउन तीन वटा ‘स’ले काम गर्ने बताउनुभयो । मानिस शान्ति र सुखी भएपछि समृद्धि आउने भन्दै उहाँले सकिन्छ भने जीवनमा अरूलाई शान्ति र समृद्धि दिनुपर्ने होइन भने मौन बस्नु बेस हुने बताउनुभयो । अक्सफोर्ड कलेजको राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पहिचान भएको उल्लेख गर्दै उहाँले यहाँ प्रवेश गरेपछि सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो ।

जीवनमा जुनसुकै बेला समस्या आउन सक्ने भन्दै प्रा डा ई भण्डारीले समस्यालाई सही ठाउँमा राखेमा मात्र समाधान हुने बताउनुभयो । मान्छेले पद प्राप्त गरेपछि मात्रै पदको मर्यादा, चुनौती र त्यसको मर्यादाबारे राम्रोसँग बुझ्ने भएकाले सबैले आफ्नो पदको मर्यादा कायम राख्न खटिनुपर्ने भण्डारीको भनाइ छ ।

कार्यक्रममा अक्सफोर्ड सेकेण्डरी स्कूलका नारायण सिग्देलले स्वागत मन्तव्य तथा कलेजका अनुसन्धान विभाग प्रमुख प्रा डा वसन्त अधिकारी, ए एन भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्ष कलेजका अध्यक्ष नारायण भण्डारीले गर्नुभएको थियो ।






प्रतिकृया दिनुहोस्