३० श्रावण २०८२, शुक्रबार १४:२३
चितवन, ३० साउन । सरकारले भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार गर्दै चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)सँगै अब बारा र पर्सालाई पनि समेटेको छ। भूमिगत सिँचाइ आयोजना चितवनका आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या गहिरिँदै गएकाले कार्यक्षेत्र विस्तार गरिएको हो।
चालु आर्थिक वर्षमा २४ वटा भूमिगत सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। पुराना तीन जिल्लामा १२ आयोजना र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युवेल जडान गरिनेछ। बारा र पर्सामा मात्रै ५४ वटा ट्युवेलको माग दर्ता भइसकेको छ, जसले सिँचाइको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ





प्रतिकृया दिनुहोस्