१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो […]

पूरा पढ्नुहोस्

गर्मी बढेसँगै मोहीको माग बढ्दो

चितवन । गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने  सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउनुहुन्छ । उहाँले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै […]

पूरा पढ्नुहोस्

बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने

दमौली । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गर्नुभयो । मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा […]

पूरा पढ्नुहोस्

बजेटः आयकर छुटको सीमा रु १० लाख

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोक्नुभएको छ । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो । संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई […]

पूरा पढ्नुहोस्

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

नवलपुर । नवलपुरको गैँडाकोटमा सञ्चालन भएको चौथो गैंडाकोट महोत्सव २०८२ को हिसाब सार्वजनिक गरिएको छ । गत वर्षको पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा भएको महोत्सवको हिसाब मंगलबार सार्वजनिक गरिएको हो । मंगलबार गैँडाकोटमा आयव्यय विवरण प्रस्तुत एवम् पत्रकार भेटघाट कार्यक्रम गर्दै आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले सार्वजनिक गरेको हिसाबअनुसार महोत्सवले […]

पूरा पढ्नुहोस्

किसानलाई दूधको दैनिक एक करोड भुक्तानी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ […]

पूरा पढ्नुहोस्

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

सुर्खेत । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०/११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् […]

पूरा पढ्नुहोस्

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन

नवलपुर । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ […]

पूरा पढ्नुहोस्

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत […]

पूरा पढ्नुहोस्