१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष […]

पूरा पढ्नुहोस्

नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट करिब रु चार अर्ब अनुदान पाउने भएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेका आठवटा स्थानीय तहका लागि रु तीन अर्ब ८० करोड ७० लाख बजेट विनियोजन गरेको हो । विनियोजन भएको रकममध्ये सबैभन्दा बढी कावासोती नगरपालिकाले […]

पूरा पढ्नुहोस्

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवद्र्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवद्र्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा […]

पूरा पढ्नुहोस्

फेरि बढ्यो अण्डाको मूल्य, क्रेटमा कति पुग्यो !

चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ । सङ्घको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ […]

पूरा पढ्नुहोस्

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो […]

पूरा पढ्नुहोस्

देशभरका फेन्सी व्यवसायीहरु जेठ २३ गते चितवनमा भेला हुँदै

चितवन । जिल्लामा सङ्गठित भएर बसेका फेन्सी व्यवसायीहरुले महासङ्घ निर्माणका लागि चितवनमा राष्ट्रिय भेला गर्दैछन् । फेन्सी व्यवसायी महासङ्घ नेपाल निर्माण अभियानका लागि जेठको २३ र २४ गते चितवनको भरतपुरमा राष्ट्रिय भेला गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनका क्रममा फेन्सी व्वसायी महासङ्घ नेपाल निर्माण अभियानका संयोजक एवम् फेन्सी व्यवसायी […]

पूरा पढ्नुहोस्

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने,  शव निकाल्ने र पानीजन्य […]

पूरा पढ्नुहोस्

शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित […]

पूरा पढ्नुहोस्

बजेट मार्फत सरकारले यी वस्तुमा बढायो अन्तःशुल्क

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको […]

पूरा पढ्नुहोस्

सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामी सञ्चालन गरिने

नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताउनुभएको हो । “धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी […]

पूरा पढ्नुहोस्