आर्थिक
नेप्से परिसूचक ११ दशमलव ५२ अङ्कले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो । आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब […]
पूरा पढ्नुहोस्
रामेछाप विमानस्थल सुनसान
मन्थली । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ […]
पूरा पढ्नुहोस्
कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति
कैलाली । कैलालीको लम्कीमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको […]
पूरा पढ्नुहोस्
आजको सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, […]
पूरा पढ्नुहोस्
घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन
गलकोट । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दूग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान […]
पूरा पढ्नुहोस्
एक वर्षमा २४५ किलोमिटर सडक कालोपत्र र ढलान
गण्डकी। गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्र र ढलान भएको छ । आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्र र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा […]
पूरा पढ्नुहोस्
जुम्लाका किसानलाई स्याउ टिप्ने चटारो
जुम्ला । यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले […]
पूरा पढ्नुहोस्
सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी सुरु
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउनु विश्वासिलो र महत्वपूर्ण अङ्ग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताउनुभएको छ । निजामती दिवस–२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले […]
पूरा पढ्नुहोस्
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख […]
पूरा पढ्नुहोस्
बत्तीस लाखमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
दमौली । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । अब यहाँका बासिन्दा अपायक […]
पूरा पढ्नुहोस्



