१० कार्तिक २०८३, मङ्गलबार

आर्थिक

नयाँ प्रणालीमा नयाँ शक्ति लिएर उठ्ने निजी क्षेत्रको प्रण

काठमाडौं । जेन-जी युवाहरुको प्रदर्शनका क्रममा भएको आगजनीको निसानामा प्रतिष्ठान व्यवसायिक संस्था भाटभटेनीले अकल्पनीय आक्रमण भोगेको छ । विसं २०४१ सालमा एक सटरबाट सुरु भएको मीनबहादुर गुरुङको यो व्यवसायले हजारौं युवापुस्तालाई रोजगारी दिएको थियो । भाटभटेनीका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त पारिएका छन् । नौ वटा स्टोरमा सामान लुटपाट गरिएको छ […]

पूरा पढ्नुहोस्

हुम्लीहरु कामको खाेजीमा चीनतर्फ जाने क्रम बढ्दो

दाने बोहरा हुम्ला । जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी […]

पूरा पढ्नुहोस्

भाटभटेनी पुनर्निर्माणको घोषणा : ‘हामी अझ मजबुत भएर फर्किनेछौं’

चितवन । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति ठूलो भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ। सन्देशमा भनिएको छ, “विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्‍याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको […]

पूरा पढ्नुहोस्

व्यवसायी भन्छन् – ‘देश अब शान्त हुनुपर्छ’

काठमाडौँ । सोमबारदेखि सुरु भएको शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शनमा ३० जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन १९ जनाको ज्यान गएपछि मङ्गलवार प्रर्शनकारीहरु आक्रोशित हुँदै ध्वंसात्मक रुपमा उत्रिँदा नेता तथा निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको थियो । प्रदर्शनकारीहरूको निसानामा सरकारी र निजी सम्पत्तिमाथि हुँदा देशभरका सबैजसो सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट […]

पूरा पढ्नुहोस्

आन्दोलनकारीले लुटेका ३१ थान हतियार सेनाद्वारा बरामद

काठमाडौं । ‘जेनजी’ प्रदर्शनकारीले लुटेका सुरक्षाकर्मीका ३१ थान हतियार बरामद गरिएको छ । नेपाली सेनाले आज बुधबार (भदौ २५) विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । “काठमाडौंको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट आठ नाल गरी विभिन्न किसिमका हतियार ३१ नाल तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरिएको छ,” सेनाले भनेको छ । काठमाडौंका गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट […]

पूरा पढ्नुहोस्

विभिन्न स्थानमा लुटपाटमा संलग्न २६ जना सेनाको नियन्त्रणमा

काठमाडौँ । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न […]

पूरा पढ्नुहोस्

मोबाइलमा चल्न थाल्यो फेसबुक

काठमाडौँ । जेन-जीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । मोबाइलमा फेसबुक चल्न सुरु गरेपनि कम्प्युटरमा भने चलेको छैन । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट […]

पूरा पढ्नुहोस्

ओखरबोट तामाखानी पुन: सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा […]

पूरा पढ्नुहोस्

पर्यटन व्यवसायी भन्छन्ः सामाजिक सञ्जाल चल्न देऊ

पोखरा । नेपाल सरकारद्वारा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरिएपछि गण्डकी प्रदेशको व्यापार, पर्यटन तथा नागरिक जीवनमा गम्भीर असर परेको सम्बन्धित व्यवसायीहरूले जानकारी गराउनुभएको छ। उक्त निर्णयले विशेषतः पोखरामा क्रियाशील व्यवसायहरूमा प्रतिकूल प्रभाव पारिरहेको जनाउँदै पर्यटकहरूले पूर्वनिर्धारित बुकिङहरू रद्ध गर्न थालेको तथा नयाँ बुकिङहरूमा समेत कमी आएको व्यवसायीहरूको भनाइ रहेको छ। यस […]

पूरा पढ्नुहोस्

सुनले पनि राख्यो नयाँ रेकर्ड

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको […]

पूरा पढ्नुहोस्