२३ भाद्र २०८२, सोमबार १५:५०
काठमाडौँ । जेन-जीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । मोबाइलमा फेसबुक चल्न सुरु गरेपनि कम्प्युटरमा भने चलेको छैन ।
वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ ।
यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन आइनसकेको बताए ।





प्रतिकृया दिनुहोस्