आर्थिक
बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द
बैतडी, ३ भदौ । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् […]
पूरा पढ्नुहोस्
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक बढ्यो
काठमाडौँ, २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ […]
पूरा पढ्नुहोस्
नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ
रुपन्देही, २ भदौ । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे
नवलपुर, १ भदौ । गत आर्थिक वर्ष २०८१/२०८२ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्नने पर्यटकको सङ्ख्या एक चौथाइले घटेको छ । कोरोना महामारीपछि विस्तारै उकासिँदै गएको चितवनको पर्यटन अघिल्लो वर्ष एक्कासि घटेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/२०८२ मा घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ को तुलनामा […]
पूरा पढ्नुहोस्
कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह
झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]
पूरा पढ्नुहोस्
एक वर्षमा इलाममा बने दुईवटा बेलिब्रिज
इलाम, ३१ साउन । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता : तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ
तनहुँ, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने […]
पूरा पढ्नुहोस्
भरतपुरमा डिप बोरिङमार्फत तीन सय हेक्टर जमिन सिँचित
चितवन, ३१ साउन । भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ । वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना […]
पूरा पढ्नुहोस्
‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’
काठमाडौँ, ३१ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको […]
पूरा पढ्नुहोस्



