समाचार
बागलुङको गाजादहको सिद्धबराह धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै
बागलुङ । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्तिमा रु. २० लाख खर्च भएको छ । समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको […]
पूरा पढ्नुहोस्
बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र […]
पूरा पढ्नुहोस्
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेश : ४२ प्रतिशतमा चिन्ता र २३ प्रतिशतमा निराशा
कर्णाली । कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार […]
पूरा पढ्नुहोस्
नवलपुरको देवचुलीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण सुरु
नवलपुर । सङ्घीय सरकारको बजेटबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका वडा नम्बर १७ मा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको काम सुरु भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम सुरु गरेको हो । निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत […]
पूरा पढ्नुहोस्
पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर भारतीय पर्यटक नेपाल आउन पाउने
वीरगञ्ज । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा […]
पूरा पढ्नुहोस्
बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता
कञ्चनपुर । बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार भारतसँग जोडिएका दोधारा–चाँदनी, पुनर्वास, बेलौरी, बेलडाँडी र भीमदत्त नगरपालिकाका– ९ र १० मा […]
पूरा पढ्नुहोस्
नेपालमा अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो
चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट […]
पूरा पढ्नुहोस्
तनहुँमा चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन
तनहुँ । तनहुँको कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । मकै बीउ उत्पादन तथा मकै बाली प्रवरद्धन कार्यक्रमलाई प्रदेशस्थित कृषि, भूमि तथा सहकारी मन्त्रालयले प्राथमिकतामा राखेको […]
पूरा पढ्नुहोस्
क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई कोशी प्रदेशबाट आठ करोड ८५ लाख सहायता वितरण
झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी […]
पूरा पढ्नुहोस्



