१० कार्तिक २०८३, मङ्गलबार

समाचार

एक महिनामै थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु २६ खर्ब […]

पूरा पढ्नुहोस्

आउँदो मङ्सिरमा बाघ र गैँडा गणना गरिँदै

चितवन । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । […]

पूरा पढ्नुहोस्

शेयर बजारमा हरियाली : ५३ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो । आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार […]

पूरा पढ्नुहोस्

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारवाही हुँदैनः विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट वडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी  गराएको छ […]

पूरा पढ्नुहोस्

तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत […]

पूरा पढ्नुहोस्

आज नेपाली महिलाहरुले गणेश चतुर्थी पर्व मनाउँदै

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश […]

पूरा पढ्नुहोस्

आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदै

काठमाडौँ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य […]

पूरा पढ्नुहोस्

पानी खान जाँदा दलदलमा परेर गैँडाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दलदलमा परेर आज बिहान एउटा पोथी गैँडाको मृत्यु भएको छ । जिल्लाको कावासोती–१५ स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिकै बाणखोलाको दलदलमा परेर गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरकाअनुसार खोलामा पानी खान गएको गैँडा दलदलमा फसेको थियो । सोमबार साँझदेखि […]

पूरा पढ्नुहोस्

नवलपुरमा एक वर्षमा १६ वटा डीप बोरिङ वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा डीप बोरिङ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डीप बोरिङले जिल्लाका करिब चार सय २५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ । आयोजना प्रमुख इन्जिनियर विश्वबन्धु केसीले एउटा डीप बोरिङबाट करिब २५ […]

पूरा पढ्नुहोस्

सुनको मूल्य १५ सय रुपैयाँ बढ्दा, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु एक हजार ५०० र चाँदीमा रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३६० मा […]

पूरा पढ्नुहोस्