समाचार
पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बोहराको होटलमा […]
पूरा पढ्नुहोस्
सांस्कृतिक परम्परा र श्रद्धाको उत्सवको रुपमा गौरा पर्व
कञ्चनपुर । दूरपश्चिमका गाउँबस्तीहरूमा यतिबेला गौरा पर्वको चहलपहल सुरु भएको छ । पर्वकै लागि रोजगारीका लागि अन्यत्र गएका घर फर्किएका छन् । यहाँका हरेक बस्तीमा नयाँ पहिरनमा सजिएका महिलाहरु माङ्गल, फाग गाउँदै गरेको भेटिन्छन् भने पुरुषहरु खेल्ने खेलले यहाँका बस्ती देउडामय भएका छन् । साउनको पुत्रदा एकादशीदेखि सुरु हुने यस पर्वलाई स्थानीय भाषामा गोःरा भनिन्छ […]
पूरा पढ्नुहोस्
नवलपुरसहित देशका धेरै स्थानमा मनसुन सक्रिय
काठमाडौँ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र […]
पूरा पढ्नुहोस्
आज साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत नेपाल र भारत भिड्दै
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा […]
पूरा पढ्नुहोस्
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस
काठमाडौँ । आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । यो […]
पूरा पढ्नुहोस्
परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली
झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो । शरीर कमजोर भए पनि उहाँको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै […]
पूरा पढ्नुहोस्
चितवनमा लगाइएको धानबालीमा डढुवा रोगको समस्या
चितवन । यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो […]
पूरा पढ्नुहोस्
घाँस काट्न गएका वृद्धको गैँडाको आक्रमणबाट मृत्यु
चितवन । गैँडाको आक्रमणबाट चितवनकाे भरतपुर-२८ अन्द्रौलीमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आज गैँडाको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरकाअनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण […]
पूरा पढ्नुहोस्
बिमाबापत् भरतपुर अस्पतालले एक अर्ब रुपैयाँ प्राप्त गर्न बाँकी
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत […]
पूरा पढ्नुहोस्
अब १८ देखि ३५ वर्ष उमेरसम्मका नागरिकलाई मात्रै युवा मानिने
काठमाडौँ । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको […]
पूरा पढ्नुहोस्



