समाचार
मनसुनमा सडक हिलाम्मे हुँदा ढोरपाटन जाने पर्यटकलाई सास्ती
ढोरपाटन । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन । ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारीसाधान […]
पूरा पढ्नुहोस्
कोशी नदीमा जल सतह बढेपछि ब्यारेजको ३१ ढोका खोलियो
सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका […]
पूरा पढ्नुहोस्
पर्साका पालिकामा समय सीमाभित्र बजेट पारित नहुँदा स्थानीयवासीलाई सास्ती
वीरगञ्ज : पर्साको धोबिनी गाउँपालिकाले गत असार मसान्तभित्र गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन सकेन । गाउँपालिकाले समयमै बजेट नल्याएपछि विकास निर्माणका गतिविधि नै ठप्प छन् । कर्मचारीले तलबभत्ता बुझ्न नपाएको मात्र होइन गाउँपालिकाले भूमि तथा मालपोत कर पनि बुझ्न पाएको छैन । समयमै बजेट नल्याएका पर्साकै कहाँ मैनपुर र विन्दवासिनी गाउँपालिका […]
पूरा पढ्नुहोस्
यसपालि पनि दसैँमा नयाँ नोट वितरण नहुने
काठमाडौँ । दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । […]
पूरा पढ्नुहोस्
चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट
चीन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो । चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
नवलपरासीको धान बालीमा डढुवा रोग
नवलपरासी । यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ । यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिनुभयो । उहाँले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताउनुभयो । “धान पातको […]
पूरा पढ्नुहोस्
नारायणी नदी सफाइ अभियानबाट १२५ झोला फोहोर सङ्कलन
चितवन । नारायणी नदी सफाइ अभियान २०८२ अन्तर्गत एक सय २५ झोला फोहोर संकलन गरिएको छ । अवेक नेपालको आयोजनामा शनिबार बिहान आयोजना गरिएको नारायणी नदी सरसफाइ अभियानका क्रममा प्लास्टिक, पूजा सामग्रीसहित एक सय २५ झोला फोहोर संकलन गरिएको कार्यक्रम संयोजक सुजल ऐरले जानकारी दिनुभयो । उहाँकाअनुसार नदी किनारमा प्लास्टिकजन्य फोहोर धेरै भेटिएको थियो । […]
पूरा पढ्नुहोस्
क, ख र ग वर्गका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने माग
चितवन । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग गरेको छ । त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालमा एम्बुलेन्स पार्किङको व्यवस्था हुनुपर्ने, सरकारले चालकलाई स्वास्थ्य सामग्री, […]
पूरा पढ्नुहोस्
बालेन साहको नगरप्रहरीलाई निर्देशन : बोली–व्यवहार नरम बनाउनुस्
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गर्नुभयो । प्रमुख शाहले भन्नुभयो, “महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा […]
पूरा पढ्नुहोस्
नवलपुरका थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुट्दै
नवलपुर । परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन् । थारू समुदायको मौलिक परम्परागत खेलका रूपक रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष तथा महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो […]
पूरा पढ्नुहोस्



