१० कार्तिक २०८३, मङ्गलबार

समाचार

अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको उपाधि अरोमा स्कुललाई

चितवन, ७ भदौ । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले आयोजना गरेको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगिताको पाँचौं संस्करणको उपाधि भरतपुर–१० को अरोमा स्कुलले जितेको छ । कुल १७६ अङ्क प्राप्त गर्दै अरोमाले उपाधि आफ्नो बनाएको हो । भरतपुरका ४५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा अरोमा स्कुलका ज्योस्मिता रानामगर, अनुष्का अधिकारी, शायना अधिकारी, शिवानी राना […]

पूरा पढ्नुहोस्

मुलुकका १० सहरमा झुमाको रैथाने घुमफिर कन्सर्ट

काठमाडौँ, ६ भदौ । पछिल्लो चलचित्र ‘ऊनको स्विटर’को काफ्ले…गीत हिट भएपछि गायिका झुमा लिम्बुलाई भ्याई नभ्याई छ । यति बेला ६ वटा चलचित्रको गीत संगीतमा व्यस्त रहेकी उनले राजधानीलाई बिहीबार बताइन् । यो कन्सर्टको सुरुवात यही २१ भदौमा काठमाडौँको ठमेलस्थित एलओडी क्लबबाट हुने उनले राजधानीलाई जानकारी गराइन् । आगामी ३ असोजबाट देश विदेशमा एकसाथ प्रदर्शनमा […]

पूरा पढ्नुहोस्

मेरो पारिश्रमिक बजारले बढाइदिएको हो : विजय बराल

काठमाडौँ, ६ भदौ । हास्य र ग्रामीण चरित्रका भूमिकाले चिनिएका कलाकार हुनुहुन्छ, विजय बराल । उहाँ सर्लाहीको लालबन्दीबाट कमेडी आर्टिस्ट बन्छु भनेर काठमाडौँ छिर्नुभएको थियो । चुनौतीपूर्ण चरित्रमा रमाउन सक्ने गम्भीर र मेहनती कलाकारको छवि बनाउनुभएका बराल ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को मुख्य भूमिकामा देखिनुभएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’ मा उहाँले गर्नुभएको पूर्णबहादुर गन्धर्वको भूमिकाको […]

पूरा पढ्नुहोस्

चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनमा

चितवन, ६ भदौ । आजदेखि तीन फरक विधाका नेपाली चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ देशभर प्रदर्शनमा आएका छन्। चलचित्रकर्मीले यी फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन्। ‘माग्ने राजा’ मा हास्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ शीर्ष भूमिकामा छन्। उनले आफूलाई नै हेरेर लेखिएको पात्र भएको बताउँदै, “यो चलचित्र […]

पूरा पढ्नुहोस्

कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ६ भदौ । कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा तीनवटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुनेगरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि […]

पूरा पढ्नुहोस्

अवैध वन्यजन्तु व्यापार विरुद्ध नेपाललाई अमेरिकी सहयोग

काठमाडौँ, ६ भदौ । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता तथा स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँस्थित अमेरिकी दूतावासका उप–मिशन प्रमुख जेसन मिक्सले अन्तरराष्ट्रिय लागुऔषध तथा कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । […]

पूरा पढ्नुहोस्

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

काठमाडौँ, ६ भदौ । ‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर…, कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत […]

पूरा पढ्नुहोस्

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

लुम्बिनी, ६ भदौ । लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । […]

पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी ६, भदौ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरी, दाङमा आज बसेको बैठकले प्रदेशको विकाससँग सम्बन्धित प्रमुख विषयहरू सङ्घीयस्तरमा उठाउने निर्णय गरेको हो । बैठकले ढुङ्गा, गिट्टी, बालुवाबाट प्राप्त […]

पूरा पढ्नुहोस्

सुशासन कायम गर्ने अभियानमा छौँ : अध्यक्ष दाहाल

कास्की, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासन कायम गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । तीजका अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आजदेखि सुरु भएको ऐतिहासिक टुँडिखेल तीज महोत्सवको तेस्रो संस्करण उद्घाटन गर्दै उहाँले आफू सरकारमा रहँदा सुशासन अभियान सुरु गरेको र अहिले पनि […]

पूरा पढ्नुहोस्