समाचार
आज बागमती र कर्णाली प्रदेशका यी स्थानमा भारी वर्षाकोे पूर्वानुमान
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका […]
पूरा पढ्नुहोस्
चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा
तनहुँ । आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् । गाउँपालिकाले खाना, बस्नका लागि मासिक रु पाँच हजारका […]
पूरा पढ्नुहोस्
निर्माण सुरु गरिएको छपन्न वर्षसम्म पनि गुर्गी सिँचाइ आयोजना अलपत्र
कैलाली । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको […]
पूरा पढ्नुहोस्
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
लुम्बिनी । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ । घोराही उपमहानगरपालिका–१७ […]
पूरा पढ्नुहोस्
नवलपरासीकी महिलाको ‘स्क्रब टाइफस’बाट चितवनमा मृत्यु
चितवन । स्क्रब टाइफसबाट भरतपुर अस्पतालमा आज एक महिलाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् । यसैबीच, यहाँस्थित जनस्वास्थ्य कार्यालयका […]
पूरा पढ्नुहोस्
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
देवघाट, ७ भदौ । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । पवित्र […]
पूरा पढ्नुहोस्
त्रिदिवसीय अङ्कुरम् नमुना राष्ट्रसंघ कार्यक्रम सुरु
चितवन, ७ भदौ । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा दोस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ सुरु भएको छ । काठमाडौँ, नवलपुर र चितवनलगायतका १८ विद्यालयका २४८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटै कमिटीको प्रतिनिधित्व रहेको छ । आज कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले बिल्कुलै नयाँ किसिमको कार्यक्रममा सहभागी […]
पूरा पढ्नुहोस्
मारवाडी महिला मञ्च नारायणगढद्वारा राणी सती दादीको कलश यात्रा
चितवन, ७ भदौ । मारवाडी महिला मञ्च नारायणगढको आयोजनामा भाद्र कृष्ण औंसीको अवसर पारी शुक्रबार राणी सती दादीजीको कलश यात्रा भव्य रूपमा सम्पन्न गरिएको छ । श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ आयोजना गरिएको यस कार्यक्रममा नारायणगढका मारवाडी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कलश यात्रा मारवाडी सेवा केन्द्र नारायणगढमा रहेको मन्दिरबाट शुभारम्भ भई नारायणगढ […]
पूरा पढ्नुहोस्
देवघाटलाई प्लाष्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान
देवघाट, ७ भदौ । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लाष्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान सञ्चालन गरिएको छ । नवलपुरको गैँडाकोटमा रहेको सहमति संस्थासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले अभियान सञ्चालन गरेको हो । त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लाष्टिकजन्य फोहोर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्नका लागि अभियान सुरु गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको […]
पूरा पढ्नुहोस्
प्रकाशकीय/सम्पादकीय : सूचनाको सशक्तीकरणतर्फ हाम्रो यात्रा
आज कुशे औँशी तथा बुबाको मुख हेर्ने दिनमात्रै नभई नेपाली पत्रकारिताको सुरुआत गर्ने युवाकवि मोतिराम भट्टको पनि जन्मजयन्ती । आजको मितिबाट हामीले हाम्रो समाचारमूलक अनलाइन लोकसूचना डट कम प्रकाशन (सार्वजनिक) गरेका छौँ । सूचना पाउने अधिकार कुनै विशेष वर्गको होइन, सबै नागरिकको हो र यही अधिकारलाई व्यवहारमा उतार्ने हाम्रो प्रयास हो लोकसूचना । हामीले यो […]
पूरा पढ्नुहोस्



