चितवन, ७ भदौ । मारवाडी महिला मञ्च नारायणगढको आयोजनामा भाद्र कृष्ण औंसीको अवसर पारी शुक्रबार राणी सती दादीजीको कलश यात्रा भव्य रूपमा सम्पन्न गरिएको छ । श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ आयोजना गरिएको यस कार्यक्रममा नारायणगढका मारवाडी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
कलश यात्रा मारवाडी सेवा केन्द्र नारायणगढमा रहेको मन्दिरबाट शुभारम्भ भई नारायणगढ बजार परिक्रमा गर्दै पुनः सेवा केन्द्रमै पुगेर समापन गरिएको थियो । महिलाहरू परम्परागत पहिरन र कलश लिएर भक्तिभावका साथ यात्रामा सहभागी भएका थिए ।
मारवाडी महिला मञ्च नारायणगढकी अध्यक्ष स्वाती अग्रवालका अनुसार राणी सती दादीलाई मारवाडी समाजले कुलदेवीका रूपमा पूजा गर्ने चलन रहेको छ । “दादीजी शक्ति, त्याग र नारी गौरवको प्रतीक हुनुहुन्छ । भारतको झुझुनुमा दादीजीको भव्य मन्दिर रहेको छ, जहाँ प्रत्येक वर्ष लाखौं भक्तजन दर्शन गर्न जान्छन्,” अध्यक्ष अग्रवालले भन्नुभयो ।





प्रतिकृया दिनुहोस्