समाचार
नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक
चितवन । चितवनको नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरिएको छ । नेपालका लागि टिभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स र मालाश्री अटो मोबाइल्सले आज दिउँसो नारायणघाटमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘अधिक कमाइ, अब्बल रोजाइ’ भन्ने नाराका साथ सार्वजनिक गरेको मालाश्री अटो मोबाइल्सका सञ्चालक भीमसेन […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा: बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय […]
पूरा पढ्नुहोस्
अक्सफोर्ड कलेजमा कक्षा ११ मा भर्ना हुन आज प्रवेश परीक्षा हुँदै
नवलपुर । यस क्षेत्रकै प्रतिष्ठित कलेजको रुपमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्न आज (सोमबार) प्रवेश परीक्षा लिँदैछ । नेपालकै पहिलो आइटी कलेज तथा यस क्षेत्रकै पहिलो साइन्स कलेजको रुपमा स्थापना भएको यस कलेजको कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन तथा पत्रकारिता […]
पूरा पढ्नुहोस्
विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी
गण्डकी, ४ जेठः पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्नुभएको थियो । उहाँले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक […]
पूरा पढ्नुहोस्
मकवानपुरमा दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख […]
पूरा पढ्नुहोस्
नेपालमा अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि […]
पूरा पढ्नुहोस्
कार दुर्घटनामा चालकको मृत्यु
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण […]
पूरा पढ्नुहोस्
नवलपुरमा रु ५८ लाख बराबरको अवैध सामान बरामद
नवलपुर । जिल्लामा आज प्रहरीले सवारीसाधन जाँचका क्रममा करिब ५८ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काकाअनुसार जिल्लाको देवचुली–१६ रजहरमा प्रहरीले गरेको सवारीसाधन जाँचका क्रममा प्र०३०३–००१ख ३८२६ नम्बरको ट्रकबाट बिलबिजक बिनाको सामान बरामद गरिएको हो । प्रहरीले २०५ थान स्मार्ट वाच, ७०० थान एयर […]
पूरा पढ्नुहोस्
सामूहिक रुपमा कोटिहोम महायज्ञ पुग्दै भक्तजन
चितवन । चितवनको भरतपुर-१ स्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनहरु सामूहिक रुपमा गाडी नै रिजर्भ गरेर पुग्न थालेका छन् । विभिन्न टोल विकास संस्था, आमा समूह र धार्मिक संघसंस्थामा आबद्ध भक्तजनले गाडी रिजर्भ गरेर सामूहिक रुपमा महायज्ञको दर्शन गर्न थालेका छन् । महायज्ञको दर्शन गर्न पुगेका भक्तजनले आर्थिक तथा चरु […]
पूरा पढ्नुहोस्



