समाचार
अक्सफोर्ड सेकेन्डरी स्कूलद्वारा कक्षा १२ का विद्यार्थीहरू दीक्षित
नवलपुर । नवलपुरको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड सेकेन्डरी स्कुल)ले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ । राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा १२ को परीक्षा दिएर बसेका कलेजका विद्यार्थीहरुलाई शनिबार बिदाइ तथा दीक्षित गरिएको हो । समारोहमा कलेजका सञ्चालक समिति, प्राध्यापक, कर्मचारी तथा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूको उत्साहजनक सहभागिता […]
पूरा पढ्नुहोस्
मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ¥यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय […]
पूरा पढ्नुहोस्
बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
भोजपुर । षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः […]
पूरा पढ्नुहोस्
आज ३३ औँ मदन–आश्रित स्मृति दिवस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, […]
पूरा पढ्नुहोस्
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
काठमाडौँ । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ । ‘डिजिटल विभाजन’ भन्नाले सूचना […]
पूरा पढ्नुहोस्
पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ […]
पूरा पढ्नुहोस्
जेठ ३ गते आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ […]
पूरा पढ्नुहोस्
पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण
पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शत्प्रतिशत अनुदानमा पर्वतका ५७ जना किसानलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको जानकारी दिएको छ । व्यावसायिक रूपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमा नै पुगेर […]
पूरा पढ्नुहोस्
प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ । प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारीखेती विस्तार गरिएको हो । मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु २५ हजार तिर्नेगरी भाडामा लिएर […]
पूरा पढ्नुहोस्
‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र
बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा सडक कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालयका इन्जिनियर […]
पूरा पढ्नुहोस्



