नवलपुर । जिल्लामा आज प्रहरीले सवारीसाधन जाँचका क्रममा करिब ५८ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काकाअनुसार जिल्लाको देवचुली–१६ रजहरमा प्रहरीले गरेको सवारीसाधन जाँचका क्रममा प्र०३०३–००१ख ३८२६ नम्बरको ट्रकबाट बिलबिजक बिनाको सामान बरामद गरिएको हो ।
प्रहरीले २०५ थान स्मार्ट वाच, ७०० थान एयर पड, एक हजार ६८० मोबाइलको ग्लास, रेडियो सेट, जुत्ता, चप्पललगायतको सामान बरामद गरेको गरेको खड्काले बताउनुभयो । खड्काकाअनुसार बरामद गरिएको सामानको मूल्य करिब रु १८ लाख १५ हजार ३०० तथा ट्रकको मूल्य रु ४० लाख गरी ५८ लाख १५ हजार ३०० को सामान बरामद गरिएको हो । ट्रक चालक भक्तपुरको सूर्यविनायक–८ का ३० वर्षीय सजेन्द्र मचामसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको खड्काले जानकारी दिनुभयो ।
बरामद गरिएको ट्रकले उक्त सामान बुटवलतर्फबाट नारायणघाटतर्फ लैजादै गरेको उहाँको भनाइ छ ।





प्रतिकृया दिनुहोस्