समाचार
चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिनुभयो । सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने […]
पूरा पढ्नुहोस्
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो । पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुुको […]
पूरा पढ्नुहोस्
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
प्रकाश सिलवाल काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ । इन्धनको सहजताका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने […]
पूरा पढ्नुहोस्
पोखरा स्पोर्टस् अवार्डः प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी
कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा सम्पन्न भएको १०औँ संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडीको अवार्ड टेनिसका खड्का र महिलातर्फ एथलेक्टिसकी भण्डारी भएका हुन् । दुवै जना खेलाडीले खेलकुद क्षेत्रमा विगत एक वर्षमा गरेको प्रदर्शनका आधारमा अवार्ड […]
पूरा पढ्नुहोस्
‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत
काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा आज सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । उक्त राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट […]
पूरा पढ्नुहोस्
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ । यसमध्ये १३९ रानो […]
पूरा पढ्नुहोस्
उद्योगलाई नगद जरिवानासहित चेतावनी
चितवन । चितवनको भरतपुर महानगरपालिकाले एक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गराएको छ । महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिका–३ बेलचोकस्थित सृजना एण्ड सृष्टि प्याकेजिङ उद्योगलाई जरिवाना गराएको हो । अनुगमनका क्रममा उद्योगमा पूजा सामग्री प्याकेजिङ गर्ने उक्त उद्योगमा तेलको अव्यवस्थित भण्डारण, दुई तीन पटकसम्म लेवलिङ, सरसफाइ कमी, खाद्य र अखाद्य वस्तु एकैठाउँमा […]
पूरा पढ्नुहोस्
पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु […]
पूरा पढ्नुहोस्
गैँडाकोटमा राष्ट्रिय साइकिलिङ प्रतियोगिता हुँदै, पहिलो हुनेलाई २५ हजार रुपैयाँ
नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ । गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज […]
पूरा पढ्नुहोस्
चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र
चितवन । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक […]
पूरा पढ्नुहोस्



