१३ कार्तिक २०८३, शुक्रबार

समाचार

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच […]

पूरा पढ्नुहोस्

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क)मा उल्लेख भएबमोजिम योग्यता […]

पूरा पढ्नुहोस्

जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन । चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको […]

पूरा पढ्नुहोस्

सकियो चितवन उद्योग संघको सात दिने औद्योगिक अवलोकन भ्रमण

चितवन । चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ । वैशाख ९ गतेदखि बागमती प्रदेश चितवनबाट सुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको […]

पूरा पढ्नुहोस्

सञ्चारकर्मी आदर्श सुशीलको शब्दमा चलचित्र लाइफ ड्यामेजको ‘ब्युटिफूलम’ गीत सार्वजनिक

नवलपुर । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’ मा समावेश ब्युटिफूलम बोलको गीत सार्वजनिक गरिएको छ। जेठ १ गते प्रदर्शन मिति घोषणा गरिएको यस चलचित्रको गीत सङ्घीय राजधानी काठमाडौंमा एक कार्यक्रमबीच रिलिज गरिएको हो। सार्वजनिक डान्सिङ नम्बरको गीतमा नवलपुरका सञ्चारकर्मी आदर्श सुशीलको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत र एसडी […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुरमा वैशाख १७ देखि अटो शो हुँदै

चितवन । चितवनको भरतपुरमा यही वैशाख १७ देखि दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोबाइल डिलर्स एशोसियसन र चितवन अटोमोबाइल्स एशोसिएसनको संयुक्त आयोजनामा हुन लागेको अटो शो वैशाख २१ गतेसम्म सञ्चालन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   अटोमोबाइल व्यवसायको प्रवद्र्धन, सुरक्षित व्यवसाय सञ्चालन तथा सडकमा हुने […]

पूरा पढ्नुहोस्

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

चितवन । सरकारले लगानी गरेको यहाँका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेकोे हो । भरतपुर महानगरपालिका, शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यका अनुसार कक्षा ८ मा सामुदायिक विद्यालयतर्फको उत्तीर्ण प्रतिशत ३९ दशमलव ०१ प्रतिशत मात्र छ । निजी विद्यालयहरुको प्रतिशत ७० दशमलव ३२ प्रतिशत छ । […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

टेकराज पोखरेल/ रासस नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । सङ्घीय सरकारले तयार पारेको निर्देशिकासँग बाँझिने गरी नगरपालिकाले शुल्क निर्धारण गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२’ जारी गरेको छ । निर्देशिकाले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेको छ । गैँडाकोट […]

पूरा पढ्नुहोस्

मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना […]

पूरा पढ्नुहोस्

एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । […]

पूरा पढ्नुहोस्