११ कार्तिक २०८३, बुधबार

समाचार

बालाचतुर्दशीमा देवघाटमा भक्तजनकोे भीड

चितवन । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको अवसरमा बुधबार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझदेखि नै दिवंगत पितृहरूको शान्तिको कामना गर्न स्नान, दियो सेलाउने र शतबीज छर्ने क्रममा भक्तजनहरूको आवत–जावत बढेको हो । दामोदर कुण्डबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको संगमस्थल रहेको देवघाटमा बुधबार […]

पूरा पढ्नुहोस्

काठमाडौँ गोर्खाजलाई हराउँदै सुदूरपश्चिमको विजयी सुरूआत

काठमाडौँ । काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्‍यो । जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४, जोन सिम्पसोनले २४ […]

पूरा पढ्नुहोस्

गैँडाकोटकी लक्ष्मी घिमिरे बन्नुभयो सन् २०२६ का लागि पहिलो सिओटी

नवलपुर । नवलपुरको गैँडकोट निवासी लक्ष्मी घिमिरे पाण्डे आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो सीओटी बन्न सफल सफल हुनुभएको छ । कम्पनीकी सिनियर एजेन्सी म्यानेजर पाण्डे कम्पनीको सन् २०२६ का लागि पहिलो सिओटी बन्नुभएको हो । विसं २०८१ बाट जीवन बिमा क्षेत्रमा प्रवेश गर्नुभएकी घिमिरे एक वर्षभित्रै मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) अन्तर्गत कोट अफ दि […]

पूरा पढ्नुहोस्

सडक कालोपत्र गर्न नारायणघाट बुटवल खण्ड बन्द गरिने

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल खण्ड रातिमा पाँच घण्टा बन्द गरिने भएको छ । यस खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति […]

पूरा पढ्नुहोस्

चितवन राइनोजले कर्णाली याक्सलाई हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनायो […]

पूरा पढ्नुहोस्

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण

नवलपुर । पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी पूरा भएको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताउनुभयो । बालाचतुर्दशीको अवसरमा […]

पूरा पढ्नुहोस्

मौलाकाली केबलकार पुनःसञ्चालनमा

नवलपुर । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन […]

पूरा पढ्नुहोस्

एसक्युसी चितवन हबद्वारा ‘ओमराज मैनाली उत्कृष्टता पुरस्कार’को स्थापना

नवलपुर । शैक्षिक संस्थाहरूमा गुणस्तर, नवीनता र निरन्तर सुधारको संस्कृति विकास गर्न विद्यार्थीलाई व्यक्तिगत र व्यावसायिक विकासका लागि आवश्यक सीपहरू प्रदान गर्ने क्रियाशील संस्था क्वेस्ट नेपालअन्तर्गतको एसक्युसी हब चितवन (विद्यार्थी गुणीय चक्र चितवन) को ‘दसौँ एसक्युसी हब कन्भेन्सन’ सम्पन्न भएको छ । शनिबार गैँडाकोट इङ्ग्लिस स्कुलमा आयोजना गरिएको सो कन्भेन्सनमा चितवन हबअन्तर्गतका आबद्ध १३ वटा […]

पूरा पढ्नुहोस्

नेपाली हिज्जे प्रतियोगितामा भानु मेमोरियल पहिलो

चितवन । विज्ञहरूबाट उच्चारित शब्द कानमा ठोक्किन नपाउँदै प्रतिस्पर्धी विद्यार्थी त्यसको वर्णविन्यासअनुसार हिज्जे उच्चारण गरिहाल्थे । अर्को पटक फेरि नयाँ शब्द सोधिन्थ्यो, प्रतिस्पर्धी विद्यार्थीले त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द फटाफट भनिहाल्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउन सक्दैनथे […]

पूरा पढ्नुहोस्

नारायणघाट बुटवल सडकको गैँडाकोटमा रातिमा सडक बिस्तार गरिंदै

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको गैँडाकोटमा रातिको समयमा सडक बिस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले त्यस स्थानमा रातिमा काम अगाडि बढाइएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचन अधिकारी इन्जिनीयर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम […]

पूरा पढ्नुहोस्