समाचार
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु भएको छ । नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै […]
पूरा पढ्नुहोस्
आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु
चितवन । आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तीन दिने आभारभूत उपचार तथा सिपिआर तालिम सुरू भएको छ । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा उक्त […]
पूरा पढ्नुहोस्
उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्
चितवन । विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुती कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एण्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ । ‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रीद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ […]
पूरा पढ्नुहोस्
एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे […]
पूरा पढ्नुहोस्
पुस २५ देखि नारायणी नदीकिनारमा गैँडाकोट महोत्सव हुँदै
नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चौँथो संस्करणको गैँडाकोट महोत्सव हुने भएको छ । जिल्ला उद्योग वाणिज्य संघ नवलपुर, गैँडाकोटले आयोजना गर्न लागेको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोजक जिल्ला उद्योग वाणिज्य संघका अनुसार महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र […]
पूरा पढ्नुहोस्
प्रोजेक्ट पवित्र अन्तर्गत कोटेश्वर महादेव स्थान सफाइ
चितवन । अवेक नेपालको प्रोजेक्ट पवित्र अन्तर्गत काठमाडौँको कोटेश्वरस्थित कोटेश्वर महादेव स्थान वरपर सरसफाइ गरिएको छ । प्रोजेक्ट अन्तर्गत आज २५ जना भन्दा बढी स्वयंसेवीहरु सहभागी भई कोटेश्वर महादेव स्थान वरपरबाट १५ बोरा फोहोर संकलन गरेको संस्थाका सहसंस्थापक सुजल ऐरले जानकारी दिनुभयो । संस्थाले प्रोजेक्ट पवित्र अन्तर्गत चितवनको भरतपुरमा पनि तीन वटा सफाइ अभियान सफलतापूर्वक […]
पूरा पढ्नुहोस्
एनपिएलः विराटनगरको दोस्रो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो । काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन […]
पूरा पढ्नुहोस्
मौलाकाली केबलकार नियमित सञ्चालनमा
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अवस्थित मौलाकाली केबलकार पुनः आज (शनिबार)देखि नियमित सञ्चालनमा आएको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको केबलकारको सेवा साढे दुई महिनापछि पुनः सुरु भएको हो । भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा तोडफोड र आगजनीका कारण केबलकारको बटम स्टेशनमा रहेका कार्यालय भवन फर्निचर लगायत प्राविधिक उपकरणहरु क्षतिग्रस्त भएपछि केबलकारको […]
पूरा पढ्नुहोस्
शनिश्चरे तालमा १६ हजार माछाका भुरा छोडियो
नवलपुर । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा माछाका भुरा छोडेको छ । विश्व मत्स्य दिवसको अवसर पारेर कार्यालयले राहु, नैनी र कमन प्रजातिका १६ हजार माछाका भुरा शनिश्चरे तालमा छोडेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा […]
पूरा पढ्नुहोस्
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरमा ट्रकको ठक्करबाट आज साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु–७ चोरमाराको उकालोमा नारायणघाटबाट भैरहवातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ७१६४ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको ना ३४ प १२८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–१५ का ३६ वर्षीय लोक बहादुर […]
पूरा पढ्नुहोस्



