१० कार्तिक २०८३, मङ्गलबार

समाचार

अविरल वर्षाको जोखिमका कारण शुक्रबार चितवनका विद्यालयमा विदा

चितवन । चितवनका ७ वटै स्थानीय तहहरुले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरुले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, […]

पूरा पढ्नुहोस्

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाँघेको हो । कार्यालयका अनुसार आन्तरिकतर्फ रु १३ खर्ब ६१ अर्ब ८७ […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक

चितवन ।  पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताउनुभयो । निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम […]

पूरा पढ्नुहोस्

कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ

बासुदेव पौडेल लमजुङ । कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ । स्थानीयवासीको सङ्गठित प्रयाससँगै यहाँका ५४ घरधुरी पुमा एग्रो प्रालिमा आबद्ध हुँदै बाँझो तथा प्रयोगविहीन जमिन एवम् स्थानीय जनशक्तिको अधिकतम उपयोग गर्दै कृषि पर्यटनलाई एकीकृत रुपमा विकास गर्ने अभियानमा जुटेका […]

पूरा पढ्नुहोस्

गैँडाकोटभित्रका सम्पूर्ण विद्यालयमा शुक्रबार विदा

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाले शुक्रबार पालिकाभित्रका सम्पूर्ण संस्थागत तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिएको छ । विपद् जोखिमलाई मध्यनजर गर्दै विशेष सावधानी अपनाउन भन्दै पालिकाले शुक्रबार सम्पूर्ण विद्यालयलाई सार्वजनिक बिदा दिएको हो । गैँडाकोट नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको मिति […]

पूरा पढ्नुहोस्

गैँडाकोट इंग्लिस स्कूलको विद्यार्थी कुटपिट घटना: पीडित परिवारलाई पारियो प्रभावमा

नवलपुर । गत असोज ४ गते आइतबार गैँडाकोट इंग्लिस स्कूलमा विद्यार्थी कुटपिटको घटनालाई लिएर सञ्चारमाध्यमले गलत हल्ला फैलाएको भन्दै विद्यालयले भ्रम छरेको छ । सरकारले बिदा दिएको दिन विद्यालय सञ्चालनको नाममा विद्यार्थीलाई बोलाएर कुटपिट गरेको घटनामा अभिभावकसँग “सहमति” गरेर मिलाएपछि सञ्चारमाध्यमलाई बदनाम गराउने खेल सुरु गरिएको छ । विद्यालयले पीडित विद्यार्थीको अभिभावकसँग “गोप्य सहमती” गर्दै […]

पूरा पढ्नुहोस्

सिएमसीद्वारा बाढी प्रभावित क्षेत्रमा पुगेर ६७५ जना बिरामीलाई सेवा

चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको चिकित्सक टोली बाढी प्रभावित नुवाकोट पुगेर ६७५ जना बिरामीलाई सेवा दिएको छ । अस्पतालको २१ सदस्यीय चिकित्सक–स्वास्थ्यकर्मीको टोली नुवाकोटका विभिन्न ठाउँमा एक सातासम्म बसेर बिरामीको उपचारमा खटिएको हो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत (सिईओ) प्रताप देवकोटाका अनुसार भदौ ३१ गते चितवनबाट हिँडेको […]

पूरा पढ्नुहोस्

छवटा सङ्कल्प पारित गर्दै सकियो तस्रो संस्करणको ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’

चितवन । चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय ‘अङ्कुरम्–मोडल युनाइटेड नेसन्स’को तेस्रो संस्करण विभिन्न छवटा सङ्कल्प पारित गर्दै सकिएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि सोमबार ती सङ्कल्प पारित भएका हुन् । समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी […]

पूरा पढ्नुहोस्

विशाल ढकालको संगीतमा बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक

नवलपुर । थुप्रै चर्चित गीतहरुमा संगीत भरिसक्नुभएका गैँडाकोटका संगीतकार विशाल ढकालले बालगीत ‘जुनको कचौरा…’ सार्वजनिक गर्नुभएको छ । संगीतकार ढकालले युट्युब च्यानल ‘बालगीत स्टुडियो एचडी’ मार्फत सन्तकवि गोविन्दराज विनोदीको शब्दमा रहेको बालगीत जुनको कचौरा सार्वजनिक गर्नुभएको हो । ढकालको संगीत तथा यश्वन्ती आचार्य र अरुणा रेग्मीको स्वरमा सजिएको बालगीतको सम्पादन भूमिलाल पौडेलले गर्नुभएको छ । […]

पूरा पढ्नुहोस्

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको निजी विद्यालयका शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । गैँडाकोट–२ मा रहेको गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी घाइते भएका हुन् । पीडित विद्यार्थीको सानिमा नन्दिता थापा मगरको अनुसार आइतबार विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको बायाँ कान र दायाँ आँखामा चोट लागेको छ । […]

पूरा पढ्नुहोस्