१० कार्तिक २०८३, मङ्गलबार

समाचार

नारायणीमा निरन्तर पानीको बहाब बढ्दै, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज बाल्मीकि नगरलाई उदृत गर्दै दिनुभएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख […]

पूरा पढ्नुहोस्

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

काठमाडौँ । भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ । पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने […]

पूरा पढ्नुहोस्

नारायणी नदीको बाढी, खतराको तह नजिक

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रकाअनुसार नदीमा शनिबार दिउँसो १ः३० बजे पानीको सतह ८ दशमलव ९ मिटर पुगेको छ । नदीले देवघाटस्थित जल मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ । केन्द्रकाअनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो […]

पूरा पढ्नुहोस्

नारायणी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारियो

नवलपुर । असोज ८ गते साँझदेखि परेको अविलर वर्षाका कारण नारायणी नदीमा बाढी आएको छ । नदीमा पानीको बहाब बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । गैँडाकोटको वडा […]

पूरा पढ्नुहोस्

दुई महिनामा जनावरको टोकाइबाट दुई हजार जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु पछिल्लो दुई महिनामा जनावरको टोकाइबाट दुई हजार भन्दा बढी नागरिक घाइते भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार साउन र भदौमा गरी जिल्लामा दुई हजार ७७ जनालाई जनावरले टोकेको हो । कार्यालय प्रमुख एवम् जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईकाअनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते हुने […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभो । प्रस्तावित संयन्त्रमार्फत […]

पूरा पढ्नुहोस्

दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु

चितवन । चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन् । साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए । […]

पूरा पढ्नुहोस्

लमजुङको जीवित जलदेवीको विश्वास

लमजुङ । पहाडको शान्त बस्ती, वरिपरि हरियाली जङ्गल । तल ऐतिहासिक गाउँसहर दरबार र माथि पुरानोकोट गढी । यही ऐतिहासिक परिवेशमा रहेको काउलेपानी प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिका कारण परिचित छ । यहाँ आउने पर्यटकलाई घरबास (होमस्ट)को आत्मीय सत्कारसँगै पानीको बीचमा देवी उत्पत्ति भएको विश्वासले पनि आकर्षित गर्ने गरेको छ । बेँसीसहर नगरपालिका–३ […]

पूरा पढ्नुहोस्

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा  खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा […]

पूरा पढ्नुहोस्

पृथ्वी राजमार्ग भासियो, ठूला सवारीसाधन सञ्चालनमा समस्या

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन काठमाडौँ सडकखण्डको इच्छाकामना-४ स्थित धारापानीमा सडक भासिएको छ । सडक भासिएपछि साना सवारी साधन र मोटरसाइकल सञ्चालनमा आए पनि ठूला सवारीवरसाधन सञ्चालन नहुने चितवन प्रहरीले जनाएको छ । उक्त स्थानमा गत भदौ ३१ समेत बाटो भासिंदा सडक एकतर्फि भएको थियो । सोही एकतर्फि सडकमा आज बिहान करिब ६ बजेको […]

पूरा पढ्नुहोस्