समाचार
कालीगण्डकीमा आएको बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति
पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै […]
पूरा पढ्नुहोस्
धानबालीमा रोग–कीराको समस्या हुँदा किसान चिन्तित
नारायणगढ . चितवनमा पछिल्लो समय धानबालीमा रोग तथा कीराको समस्या बढ्दै गएपछि किसानसम्म वैज्ञानिक प्रविधि, नयाँ अनुसन्धान र प्रभावकारी व्यवस्थापन विधि पु¥याउन अनुसन्धान, प्रसार तथा शिक्षाबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । कृषि विकास कार्यालय चितवनले शुक्रबार आयोजना गरेको कृषि प्रविधि, रोग–कीरा व्यवस्थापन तथा त्रिपक्षीय समन्वय गोष्ठीमा सहभागी वैज्ञानिक, प्राध्यापक, कृषि प्राविधिक तथा […]
पूरा पढ्नुहोस्
नदी किनारमा गरिएको तटबन्धले जोगायो गैँडाकोट
नवलपुर । यसवर्ष असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्ष यताकै सबैभन्दा ठूलो बाढी आयो । विगतका वर्षहरुमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो । इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा […]
पूरा पढ्नुहोस्
राइनो क्रुजलाई बाढीले बगाउँदा १० करोड रुपैयाँ क्षति
नवलपुर । असोज ११ गते नारायणी नदीमा आएको बाढीले गैँडाकोटबाट ‘राइनो क्रुज’ बगाउँदा करिब १० करोड रुपैयाँ क्षति भएको जनाइएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारको रुखमा बाँधेर राखिएको अवस्थामा क्रुजलाई बाढीले बगाएर करिब पाँच सय मिटर तल लगेर पुलको पिल्लरमा अड्काएको थियो । गैँडाकोट–२ को नारायणी नदी किनारमा रहेको होटल रिभर क्राउनले गत […]
पूरा पढ्नुहोस्
‘निःशुल्क शिक्षा कार्यान्वयनका लागि साझा प्रयास अपरिहार्य’
– कमल के.सी. चितवन । सरकारले घोषणा गरेको निःशुल्क शिक्षा अभियान सरकारी प्रयासले मात्र सम्भव नहुने तथ्यमाथि जोड दिइएको छ । मङ्गलबार अङ्कुरम् एकेडेमीमा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको प्रमुखआतिथ्यतामा आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको अन्तक्रिया तथा छलफल कार्यक्रम’मा सो तथ्यमाथि जोड दिइएको हो । शिक्षा विकास तथा […]
पूरा पढ्नुहोस्
नारायणीको पुलमा सवारीसाधन सञ्चालनमा रोक, पानीको सतह १२ मिटर नजिक
नवलपुर । नारायणी नदीमा हालसम्मकै सबैभन्दा ठूलो बाढी आएपछि नारायणी नदीमा निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो १ः१५ बजेबाट १ः४० बजेसम्म पुलमा पूर्णरुपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकोमा […]
पूरा पढ्नुहोस्
दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग एकतर्फी
नवलपुर । अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा पहिरो खस्दा राजमार्ग एकतर्फी सञ्चाललनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा माथिबाट लेदोसहितको पहिरो खसेर राति १ बजेबाट दुईतर्फी अवरुद्ध भएको सडक आज बिहान ५ बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी […]
पूरा पढ्नुहोस्
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
पूरा पढ्नुहोस्
नवलपुरका बस्ती डुबानमा
नवलपुर । नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का बस्ती डुबानमा परेका छन् । गैँडाकोट नगरपालिका–२ बोटेटोल, मध्यविन्दु-२ को भूताहा तथा कावासोती-१७को अमलटारी क्षेत्र डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पूरा पढ्नुहोस्
कालीगण्डकी नदीमाथि बनेको पुलको एप्रोच सडक बाढीले बगायो
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको एप्रोच सडक बाढीले बगाउँदा बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार पुलको एप्रोच सडक बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँ जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ । अविरल वर्षापछि आज दिउँसो ३ः०० […]
पूरा पढ्नुहोस्



