११ कार्तिक २०८३, बुधबार

समाचार

काठमाडौँमा रगतको अभाव भएपछि झापाबाट पठाइयो

झापा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लाोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि […]

पूरा पढ्नुहोस्

वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुकी ९ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो । ‘जेनजी’ समूहले आज बेलुका वीरगञ्जको घण्टाघर, माईस्थानलगायत स्थानमा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी गर्न थालेपछि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सोमबार बेलुका ९ बजेदेखि […]

पूरा पढ्नुहोस्

रमेश लेखकले दिए पदबाट राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी […]

पूरा पढ्नुहोस्

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

काठमाडौँ । आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छभने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको […]

पूरा पढ्नुहोस्

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो । निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले आज सूचना जारी […]

पूरा पढ्नुहोस्

जेन-जीको प्रदर्शनमा कालिका एफएमका निर्देशक पौडेल घाइते

चितवन । चितवनमा भएको जेन-जीको आन्दोलनमा चितवनको भरतपुरस्थित कालिका एफएमका निर्देशक दीपक पौडेल घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका अगाडि भएको झडपमा प्रदर्शनकारीले प्रहरीलाई प्रहार गरेको ढुङ्गा लाग्दा पौडेलको बायाँ हात भाँचिएको छ । अहिले उहाँको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। समाचार सङ्कलनको लागि घटनास्थल पुग्नुभएका पौडेललाई ढुङ्गाले लागेको सँगै रहनुभएका पत्रकार रमेशकुमार […]

पूरा पढ्नुहोस्

‘जेनजी’को प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ जनाको अवस्था गम्भीर

काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु हुनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार १५ जनाको मृत्यु भएको हो । घाइते भएर अस्पताल पुर्‍याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा सात, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको […]

पूरा पढ्नुहोस्

सिंहदरबारमा सामाजिक सञ्जाल निर्वाध सञ्चालन

काठमाडौं । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निर्वाधरुपमा सञ्चालनममा रहेको पाइएको छ। सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्यासेन्जर लगायतका प्ल्याटफर्म खुल्छन्। विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो। बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद् […]

पूरा पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने

काठमाडौँ । आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद्को नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भए पनि त्यसमा आन्दोलन बारेमा छलफल हुने प्रधानमन्त्रीको प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । ‘आजको मन्त्रिपरिषद् नियमित बैठक हो, यसअघि नै आह्वान गरिएको बैठक भएकाले नियमित एजेन्डाहरू रहने नै भए, […]

पूरा पढ्नुहोस्

जेन-जी प्रदर्शनमा मर्नेको सङ्ख्या १४ जना पुग्यो, १२३ घाइते

काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा […]

पूरा पढ्नुहोस्