२३ भाद्र २०८२, सोमबार १७:४५
काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) मृत्यु हुनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार १५ जनाको मृत्यु भएको हो ।
घाइते भएर अस्पताल पुर्याइएकामध्ये सिभिल अस्पतालमा दुईजना, ट्रमा सेन्टरमा सात, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेजमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा एकजनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार, घाइते हुनेको संख्या १९४ जनाभन्दा बढी रहेको छ । प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी लगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।





प्रतिकृया दिनुहोस्