११ कार्तिक २०८३, बुधबार

समाचार

जेन-जी आन्दोलनका क्रममा मर्नेको सङ्ख्या ४ जना पुग्यो

काठमाडौँ । बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको छ । उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा आज दिउँसो थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।

पूरा पढ्नुहोस्

मोबाइलमा चल्न थाल्यो फेसबुक

काठमाडौँ । जेन-जीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । मोबाइलमा फेसबुक चल्न सुरु गरेपनि कम्प्युटरमा भने चलेको छैन । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनले भन्यो: विध्वंस र हिंसात्मक गतिविधिमा संलग्नहरू हाम्रा होइनन्

काठमाडौँ । निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगजनी गर्न थालेपछि जेन-जीको प्रदर्शन संयोजन गरिरहेकाहरूले ती आन्दाेलनकारी आफूहरूसँग सम्बन्धित नभएको बताएको छ। उनीहरूले घुसपैठको आशंका गरेका हुन्। सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्। ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ […]

पूरा पढ्नुहोस्

जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का

काठमाडौँ । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने सत्तारुढ दल एमालेले आशङ्का गरेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताए । ‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भने– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई […]

पूरा पढ्नुहोस्

जेन-जीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुग्यो

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा […]

पूरा पढ्नुहोस्

पोखरामा जेन-जीको आन्दोलनमा प्रहरीको अश्रुग्यास

पोखरा । जेन-जी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।

पूरा पढ्नुहोस्

जेन-जीद्वारा भरतपुर महानगरपालिकामा तोडफोड

चितवन । जेन-जीको आन्दोलनका क्रममा चितवनको भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । भरतपुरमा भेला भएका केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास समेत प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

पूरा पढ्नुहोस्

ओखरबोट तामाखानी पुन: सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ ।तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिका भूगर्भविद् सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् । मालिका गाउँपालिका– वडा नं ३ र ४ को सिमानामा ओखरबोट तामाखानी रहेको बताइएको छ । तामाखानीको खोजतलास तथा […]

पूरा पढ्नुहोस्

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष)

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वांगी’

चितवन । चेपाङ समुदायले सामूहिक रुपमा न्वांगी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वांगी मनाएका हुन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वांगी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । […]

पूरा पढ्नुहोस्