राजनीति
चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम
चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ । पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार […]
पूरा पढ्नुहोस्
नवलपरासीपूर्व–१ मा विकास, रोजगारी र सुशासन जनताको प्रमुख चाहना
नवलपरासी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा राजनीतिक चहलपहल तीव्र बनेको छ । राजनीतिक दलहरू आ–आफ्ना चुनावी एजेन्डा तय गर्दै सङ्गठन विस्तार, घरदैलो अभियान, मतदाता भेटघाट तथा छलफलमा केन्द्रित भएका छन् । निर्वाचनको समय नजिकिँदै जाँदा जिल्लाभर चुनावी माहोल तातेको छ । जिल्लामा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ […]
पूरा पढ्नुहोस्
निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी
काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा […]
पूरा पढ्नुहोस्
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र […]
पूरा पढ्नुहोस्
अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
मध्यविन्दु । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ । नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा […]
पूरा पढ्नुहोस्
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
नवलपुरका ११ मतदानस्थल अतिसंवेदनशील
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा विभिन्न ११ मतदानस्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका क्रममा भौगोलिक विकटता, विगतको अवस्थालगायत विभिन्न विषयलाई अध्ययन गरी निर्वाचनस्थलको वर्गीकरण गरिएको हो । जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लाका मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा ११ वटा अतिसंवेदनशील, ५० वटा संवेदनशील तथा ५३ वटा […]
पूरा पढ्नुहोस्
आचारसंहिता उल्लङ्घन गर्ने २१ जनालाई स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन […]
पूरा पढ्नुहोस्
गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार ५७३ , स्याङ्जामा एक हजार ९४७, नवलपुरमा एक […]
पूरा पढ्नुहोस्
प्रेस सेन्टर नेपालको स्थापना दिवसमा दीप प्रज्वलन
चितवन । प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिको आफ्नो २२औँ स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यमा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गरी स्थापना […]
पूरा पढ्नुहोस्



