बागमती प्रदेश
दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्
चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरेबापत रु ५५ करोड भुक्तानी पाउन सकेका छैनन् । उनीहरुले विगत ६ महिनादेखिको भुक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दुधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठुला दूध उद्योगले रकम […]
पूरा पढ्नुहोस्
निकुञ्ज सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त […]
पूरा पढ्नुहोस्
रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ । रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशा दिनुभयो । […]
पूरा पढ्नुहोस्
कफीको सुगन्धमा बुनिएका युवाका सपना
शङ्कर श्रेष्ठ धादिङ । चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहनुभएको छ । धादिङका रोशन बरुवालको सोच अलि फरक छ । उहाँ यो सीपलाई परदेश जाने बलियो आधार र त्यहाँबाट फर्केर स्वदेशमै लगानी […]
पूरा पढ्नुहोस्
बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्याकालीन सफारीको सम्भावना रहेकाले यसको अध्ययन तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय सक्रिय भएको छ । यहाँका सामुदायिक वनसँग आम्दानी र जैविक पर्यटनलाई जोड्न कार्यालयले अध्ययन थालेकोे हो । सोहीअनुरूप मङ्गलबार डिभिजन वन कार्यालयका […]
पूरा पढ्नुहोस्
डढेलो नियन्त्रण गर्न स्वयंसेवक
चितवन । डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ । चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो । उक्त कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको सहकार्यमा वनमा लागेको आगो निभाउने छन् । डढेलोको जोखिम भएका स्थानमा उनीहरूलाई आगामी तीन महिनासम्म परिचालन गरिने […]
पूरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र […]
पूरा पढ्नुहोस्
चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादनलागत आधारमा न्यूनतम समर्थन मूल्य निर्धारण गरिने […]
पूरा पढ्नुहोस्
चैत ५ गते विक्रमबाबा पूजा एवम् मेला हुँदै
चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू […]
पूरा पढ्नुहोस्
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० निर्वाचित उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लष्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ । निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा एक करोड आठ लाख ३५ हजार […]
पूरा पढ्नुहोस्



