बागमती प्रदेश
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, […]
पूरा पढ्नुहोस्
वरिष्ठ कलाकार सुनील थापा (राते काइँला)को निधन
काठमाडौँ । नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार सुनिल थापा (राते काइँला)को निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।
पूरा पढ्नुहोस्
बरण्डाभार क्षेत्रको तालतलैया व्यवस्थापन गर्दै वन कार्यालय
चितवन । डिभिजन वन कार्यालय चितवनले बरण्डाभार क्षेत्रमा रहेका सङ्कटापन्न तालतलैया एवं पोखरी व्ययवस्थापनको काम सुरु गरेको छ । १० हजार २०० हेक्टर क्षेत्रफलभित्र पर्ने बरण्डाभार क्षेत्रमा रहेका १५ वटा तालतलैया एवं पोखरी व्यवस्थापनका लागि काम सुरु गरिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार तालतलैया संरक्षणका लागि रु १० लाख बजेट रहेको छ । […]
पूरा पढ्नुहोस्
भजन तथा शङ्खध्वनि प्रतियोगिताको तयारी अन्तिम चरणमा
चितवन । नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा जगेर्ना गर्दै भावि पुस्तालाई यसबारे अवगत गराउने उद्देश्यले शनिबार आयोजना हुन लागेको ‘ऐतिहासिक भजन तथा शङ्खध्वनि वादक प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ । युवापुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरस्थित खेल मैदानमा कार्यक्रम आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु
चितवन । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो । वनकट्टा चेकपोष्ट नजिक इन्टरब्लक बिछ्याउने काम उपभोक्ता समितिमार्फत मोज्याक (इन्टरब्लक)को काम सुरु गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष विकास ढकालका अनुसार लागत अनुमानमा […]
पूरा पढ्नुहोस्
चितवन मेडिकल सिटीका रुपमा विकास
चितवन । कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन/चार वटामा झरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाउनुभयो । उहाँका अनुसार त्यसपछिका दिनमा क्रमशः […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय ‘डेरी एक्स्पो’को मुख्य आकर्षक ‘गाई’
चितवन । यही माघ २५ गतेदेखि भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन लागेको अन्तर्राष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट […]
पूरा पढ्नुहोस्
तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण
काभ्रे । जिल्लाको महाभारत गाउँपालिकाले यहाँका ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ भन्ने कार्यक्रमअन्तर्गत आजदेखि बुधबारदेखि अभियान सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नं ६ बनखुको मगर […]
पूरा पढ्नुहोस्
निर्वाचनको २८ दिन बाँकीः निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी
काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा […]
पूरा पढ्नुहोस्
सिएमसिद्वारा निःशुल्क बहिरङ्ग सेवा प्रदान
चितवन । विश्व क्यान्सर दिवसका अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा निःशुल्क बहिरङ्ग सेवा (ओपिडी) सुरु गरिएको छ । विश्व क्यान्सर दिवस २०२६ को अवसरमा यही माघ १९ गतेदेखि २४ गतेसम्म बहिरङ्ग सेवा निःशुल्क र क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुटसमेतको व्यवस्था गरिएको इन्स्टिच्युटले जनाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा अस्पतालले […]
पूरा पढ्नुहोस्



