बागमती प्रदेश
एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या
चितवन । रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिने गरेको पाइएको छ । एचआइभी सङ्क्रमितहरूको उपचार गर्दै आएको भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा यस्तो भेटिएको हो । दुई अस्पतालमा एक हजार ६३७ जनाको परीक्षणका क्रममा १०२ जनामा यौन रोग देखिएको भरतपुर अस्पताल, एआरटी सेन्टर प्रमुख कृष्णहरि […]
पूरा पढ्नुहोस्
चितवन ३ का उम्मेदवार गुरुङको ५५ वर्षे राजनीतिक यात्रा
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार टेकप्रसाद गुरुङ पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा निष्ठा, संघर्ष र संगठनको पर्याय बनेका नाम हुन् । पञ्चायतकालीन दमनदेखि २०६२/६३ को जनआन्दोलन, संविधान निर्माणदेखि हालै देखिएको जेन्जी आन्दोलनसम्म उहाँको राजनीतिक जीवन सधैँ समयको आवाजसँग जोडिएको छ । अनुभवले परिपक्व र परिवर्तनप्रति […]
पूरा पढ्नुहोस्
चितवनमा पालिएका कुखुरामा इकोलाईको समस्या
चितवन । जिल्लामा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशालामा चालु आर्थिक वर्षको साउन यता ४३२ वटा कुखुराको परीक्षण गर्दा सबैभन्दा धेरै इकोलाईको समस्या देखिएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार परीक्षण गरिएका कुखुरामध्ये ६२ प्रतिशतमा यो रोगको समस्या देखिएको छ । उहाँका अनुसार मरेको कुखुराको कलेजोको नमूना परीक्षण […]
पूरा पढ्नुहोस्
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सुे रहने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भागमा […]
पूरा पढ्नुहोस्
निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशभरका […]
पूरा पढ्नुहोस्
महिला तथा बालिकाको विज्ञानमा सहभागिता बढाउनुपर्नेमा जोड
काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले २२ डिसेम्बर २०१५ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यो दिवसका रूपमा मनाउने निर्णय […]
पूरा पढ्नुहोस्
चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम
चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ । पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार […]
पूरा पढ्नुहोस्
चितवनमा नेपालमै पहिलोपटक सालक सम्मेलन सुरु
चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु भएको छ । बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सम्मेलनमा राष्ट्रिय निकुञ्जका प्रमुख, बागमती प्रदेशअन्तर्गतका डिभिजन वन कार्यालयका प्रमुखहरू, वन्यजन्तु संरक्षण विभाग, सामुदायिक वनका प्रतिनिधि, वन्यजन्तु […]
पूरा पढ्नुहोस्
दूधको उत्पादन लागत घटाउन राज्यको भूमिका आवश्यक
आनन्द पोखरेल चितवन । कृषक अगुवाहरुले पशुपालनमा दूधको उत्पादन लागत घटाउँदै उत्पादन वृद्धिमा राज्यको भूमिका अपरिहार्य रहेको बताएका छन् । चितवनमा आइतबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय डेरि प्रदर्शनीका क्रममा कृषक अगुवाहरुले राज्यले उत्पादनको आधारमा अनुदान दिए कृषकहरुको उत्पादन लागत न्यूनीकरण हुनेमा जोड दिए । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष अमरबहादुर कुँवरले व्यवसायिक पशुपालनमा […]
पूरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय डेरी प्रदर्शनीको तयारी अन्तिम चरणमा
चितवन । चितवनको भरतपुरमा आयोजना हुने अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा माघ २५ देखि २९ गतेसम्म प्रदर्शनी सञ्चालन हुँदैछ । प्रदर्शनीको ९५ प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव […]
पूरा पढ्नुहोस्



