१२ कार्तिक २०८३, बिहीबार

बागमती प्रदेश

चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

चितवन । जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उहाँले भन्नुभयो, “खोप लगाउनका लागि आवश्यक सात […]

पूरा पढ्नुहोस्

निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आउन एक महिना मात्र […]

पूरा पढ्नुहोस्

राप्ती नदीमा छोडियो घडियाल गोही

नवलपुर । स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउने उद्देश्यले नदीमा आश्रित समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले समुदायको सहभागितामा २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको हो । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जभित्र रहेको घडियाल प्रजनन केन्द्रमा हुर्किएका […]

पूरा पढ्नुहोस्

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरु जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन् । विगतको तुलनामा यसवर्ष जुनार उत्पादनमा केही कमी आए पनि बेमौसममा बिक्री गर्दा राम्रो मुल्य आउने आशामा उनीहरु छन् । उनीहरुले अझै जुनार र सुन्तला बोटमै राखेका […]

पूरा पढ्नुहोस्

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा […]

पूरा पढ्नुहोस्

नेपालमा नै पहिलोपटक सालक सम्मेलन

चितवन । नेपालमा पहिलोपटक सालक सम्मेलन गरिने भएको छ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, […]

पूरा पढ्नुहोस्

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका–३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ । रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदी पारी पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मङ्सिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त […]

पूरा पढ्नुहोस्

आचारसंहिता उल्लङ्घन गर्ने २१ जनालाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन […]

पूरा पढ्नुहोस्

प्रेस सेन्टर नेपालको स्थापना दिवसमा दीप प्रज्वलन

चितवन । प्रगतिशिल पत्रकारहरुको साझा संस्था प्रेस सेन्टर नेपालले चितवनसहित देशैभर विभिन्न कार्यक्रम गरिको आफ्नो २२औँ स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य अजिता अधिकारीको प्रमुख आतिथ्यमा चितवनमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन गरी स्थापना […]

पूरा पढ्नुहोस्

वृद्धाको हत्या गरी लुटपाट गर्ने पाँच जना पक्राउ

चितवन । चितवनको रत्ननगरमा गत पुस २६ गते ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या गरी फरार व्यक्तिहरु पक्राउ परेका छन् । घरमा एक्लै बस्दै आएकी रत्ननगर–४ सिनेमारोडकी तामाङ दिउँसोसम्म पनि घर बाहिर ननिस्किएपछि स्थानीयले खोजी गर्दा घरभित्रै मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी पुगेर मुचुल्का उठाउँदा वृद्धाको हत्या भएको हुनसक्ने देखिएपछि […]

पूरा पढ्नुहोस्