बागमती प्रदेश
मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो । गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको […]
पूरा पढ्नुहोस्
निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा फरकफरक […]
पूरा पढ्नुहोस्
अण्डाको माग र मूल्य बढ्यो
चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदैगर्दा जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार […]
पूरा पढ्नुहोस्
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
नारायण न्यौपाने/रासस काठमाडौँ । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले […]
पूरा पढ्नुहोस्
नारायणी एक्स्पोमा आज टीका प्रसाईसहितका कलाकार आउने
चितवन । नारायणघाटस्थित नारायणी नदी किनारको प्रदर्शनीस्थलमा जारी नारायणी एक्स्पो २०८२ मा आज विभिन्न कलाकारहरुले प्रस्तुती दिने भएका छन् । आज शनिबार चर्चित गायिका टीका प्रसाईसहित गायक सञ्जित सिं राना र सुगम सङ्गीतकी गायिका सपना रोक्काले प्रस्तुती दिने एक्स्पो आयोजक संस्था रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । एक्स्पोमा कृषि […]
पूरा पढ्नुहोस्
भरतपुरमा डोङफेङ गाडीको शोरुम सञ्चालनमा
चितवन । डोङफेङ अटोमोबाइल्स कम्पनी (डिएफएसी) को नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी मोटरकर्प अन्तर्गत चितवन तथा नवलपुरको एकमात्र आधिकारिक बिक्रेता ब्रान्डेड अटो मोबाइल्स प्रालिको भरतपुर ९ आस्थाचोकमा नयाँ शोरुम सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदी, उवासंघका पदाधिकारी तथा त्रिवेणी मोटोकर्प प्रालिका विजनेस हेड सुरज भट्टराईलगायतले शोरुमको उद्घाटन […]
पूरा पढ्नुहोस्
निर्वाचन ४० दिन बाँकी : समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ । समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ […]
पूरा पढ्नुहोस्
कालिका फेदी बन्यो नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल
चितवन । नारायणघाटको नारायणी नदीकिनारमा आयोजित नारायणी एक्स्पो राष्ट्रिय पञ्चै नौमती बाजा आइडल २०८२ को उपाधि नवलपुरको गैँडाकोटस्थित कालिका फेदी नौमती बाजा समूहले प्राप्त गरेको छ । प्रतियोगितामा पहिलो भएको कालिका फेदीले २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको एक्स्पो आयोजक संस्था रेडरक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । […]
पूरा पढ्नुहोस्
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ । […]
पूरा पढ्नुहोस्
रास्वपाका उम्मेदवार जगदीश खरेललाई स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा […]
पूरा पढ्नुहोस्



