११ कार्तिक २०८३, बुधबार

बागमती प्रदेश

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ […]

पूरा पढ्नुहोस्

गुरुङ विद्यार्थीको राष्ट्रिय पार्सद भेला चितवनमा

चितवन । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रीय कार्यसमितिको चितवनमा हुने राष्ट्रिय पार्सद सभाको तयारी पूरा भएको छ । छोंज धींले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको छ । पुस २६ र २७ गते भरतपुर–२ स्थित तीन खोले गुम्बामा हुने राष्ट्रिय पार्सद सभामा देशका विभिन्न ३२ जिल्लाबाट प्रतिनिधि एवम् पर्यवेक्षक गरी […]

पूरा पढ्नुहोस्

सुजुकीको भिक्टोरिस भरतपुरको बजारमा

चितवन । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले भरतपुरमा साधवी इन्टरनेशनल प्रालिको सहकार्यमा नयाँ विलासी स्पोट्र्स युटिलिटी भेहिकल ‘भिक्टोरिस’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै धेरै सुविधा भएको गाडीका रुपमा प्रस्तुत गर्दै यसले आधुनिक डिजाइन, आरामदायी सुविधा र प्रविधिमैत्री विशेषता समेटिएको जनाएको छ । बिहीबार गाडीको बिक्री शुभारम्भ गर्दै साधवी इन्टरनेशनलका प्रबन्ध […]

पूरा पढ्नुहोस्

चितवनमा निर्वाचनको तयारी तीव्र

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो । यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको […]

पूरा पढ्नुहोस्

वाल्मीकि आश्रम जाने झोलुङ्गे पुल निर्माणको तीनवर्षः अझै सञ्चालनमा आएन

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो । विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । […]

पूरा पढ्नुहोस्

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष निकालिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको […]

पूरा पढ्नुहोस्

समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी

काठमाडौँ । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले सूची […]

पूरा पढ्नुहोस्

चिसो बढेपछि भरतपुर र माडीका विद्यालयमा बिदा

चितवन । केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ । जनप्रतिनिधि, अभिभावक, विद्यालय र सरोकारवालाको सुझावका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । सोमबारको निर्णय अनुसार पुस […]

पूरा पढ्नुहोस्

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार […]

पूरा पढ्नुहोस्

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

चितवन । हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम ‘हात्ती महोत्सव’लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, “यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु मात्रै बनेको […]

पूरा पढ्नुहोस्