१० कार्तिक २०८३, मङ्गलबार

बागमती प्रदेश

जेन-जी आन्दोलनमा हराएका २६८ नाल हतियार बरामद

काठमाडौँ । तीन दिनको अवधिमा देशभरबाट २६८ नाल हतियार बरामद भएको छ । जेनजीको आह्वानमा सोमबार र मंगलबारको प्रदर्शनपछि तीन दिनको अवधिमा २६८ नाल हतियार बरामद भएको हो । प्रदर्शनपछि मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको थियो । सुरक्षा निकायका तीनवटै निकाय; नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शुक्रबारसम्म सो परिमाणमा हतियार बरामद […]

पूरा पढ्नुहोस्

नयाँ प्रणालीमा नयाँ शक्ति लिएर उठ्ने निजी क्षेत्रको प्रण

काठमाडौं । जेन-जी युवाहरुको प्रदर्शनका क्रममा भएको आगजनीको निसानामा प्रतिष्ठान व्यवसायिक संस्था भाटभटेनीले अकल्पनीय आक्रमण भोगेको छ । विसं २०४१ सालमा एक सटरबाट सुरु भएको मीनबहादुर गुरुङको यो व्यवसायले हजारौं युवापुस्तालाई रोजगारी दिएको थियो । भाटभटेनीका साढे दुई दर्जन स्टोरमध्ये ठूला एक दर्जन स्टोर पूर्णरुपमा ध्वस्त पारिएका छन् । नौ वटा स्टोरमा सामान लुटपाट गरिएको छ […]

पूरा पढ्नुहोस्

नव नियुक्त प्रधानमन्त्री कार्कीको पदभार ग्रहण आइतबार

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भोलि आइतबार मात्रै पदभार ग्रहण गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो । शुक्रबार राति […]

पूरा पढ्नुहोस्

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

चितवन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित  एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख सम्म हुँदैछ […]

पूरा पढ्नुहोस्

भाटभटेनी पुनर्निर्माणको घोषणा : ‘हामी अझ मजबुत भएर फर्किनेछौं’

चितवन । भाटभटेनी सुपरमार्केटले पछिल्ला घटनाबाट भोगेको क्षति ठूलो भए पनि पुनः उठ्ने अठोट अझ बलियो भएको जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भाटभटेनीले ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ। सन्देशमा भनिएको छ, “विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्‍याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको […]

पूरा पढ्नुहोस्

चितवनमा निषेधाज्ञा जारी

चितवन । जिल्ला सुरक्षा समिति चितवनले कर्फ्यू हटाएर निषेधाज्ञाको आदेश जारी गरेको छ। जेन–जी आन्दोलन बढ्दै गएपछि समितिले भरतपुर महानगरपालिकाको संवेदनशील क्षेत्रलाई चार किल्लाभित्र पारेर कर्फ्यू आदेश जारी गरेको थियो। आज बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवस्थामा सुधार गएको विश्लेषण गर्दै कर्फ्यू हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अर्को सूचना जारी नहुँदासम्मका लागि […]

पूरा पढ्नुहोस्

प्रचण्डको अपिल: संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताउनुभएको छ । अहिलेको संविधान र व्यवस्थापिका संसद्को शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उहाँको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प […]

पूरा पढ्नुहोस्

विधिको शासन बलियो बनाऔंः कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुनु आवश्यक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा पौडेलले लेखेका छन्, ‘२०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश […]

पूरा पढ्नुहोस्

पापडको सुझाव: संवैधानिक प्रक्रियाबाट निकास खोजौँ

काठमाडौं । पेसागत सञ्जाल (पापड)ले शान्ति र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएको छ । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको हो । पापडले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान विषम परिस्थितिलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सदृढ गर्दै लैजानु पर्ने बताएको छ । […]

पूरा पढ्नुहोस्

त्रिविको पठनपाठन कात्तिक ११ गतेबाट सुरु हुने

चितवन । त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन कात्तिक ११ गतेबाट सुरु गर्ने भएको छ । त्रिविले कात्तिक ९ गतेसम्म पठनपाठन बन्द गरेको छ । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ९ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो । रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा […]

पूरा पढ्नुहोस्