बागमती प्रदेश
गर्भवतीको हेलि एम्बुलेन्सबाट उद्धार
काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रस्थित खानीखोला गाउँपालिकामा पहिलोपटक हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार गरिएको छ। शनिबार बिहान १० बजेदेखि सुत्केरी व्यथाले गम्भीर अवस्थामा पुगेकी १९ वर्षीया आयुष्मा भ्लोनलाई आइतबार हेलि एम्बुलेन्समार्फत काठमाडौं पुर्याइएको हो। तालढुंगा स्वास्थ्य चौकीमा भर्ना गरिए पनि आयुष्माको प्रसूति अवस्था बिग्रँदै गएको थियो। उच्च रक्तचाप, लामो व्यथा, र गर्भ शिशुमा समस्या देखिएपछि औषधिले पनि सुधार […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीको उद्घोष : देशलाई हेपेको सहन सकिँदैन
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अरु जुनसुकै कुरा सहिन्छ तर देशलाई हेपेको सहन नसकिने बताउनुभएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन आज प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिका सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहन बताउनुभयो […]
पूरा पढ्नुहोस्
महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि
काठमाडौँ । नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्लले गर्नुहुने सहन्यायाधिवक्ता मीना गुरुङले जानकारी दिनुभयो । […]
पूरा पढ्नुहोस्
सुनले पनि राख्यो नयाँ रेकर्ड
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख १० हजारमा कारोबार भएको सुनको मोल आज रु दुई हजारले बढेर रु दुई लाख १२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचक ११ दशमलव ५२ अङ्कले घट्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार आजको कारोबारमा परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर दुई हजार ७०८ दशमलव २५ अङ्कमा कायम भएको हो । आज विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब […]
पूरा पढ्नुहोस्
न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय, चितवन सहित तीन जिल्लामा विदा
चितवन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी (छोनाम) पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् । न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस […]
पूरा पढ्नुहोस्
एभरेष्ट महिला भलिबल लिग: मधेस, ललितपुर र कर्णालीको जित
कास्की । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा आज सम्पन्न खेलमा मधेस, ललितपुर र कर्णाली विजयी भएका छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज साँझ सम्पन्न तेस्रो खेलमा मधेस युनाइटेडले घरेलु टोली पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । मधेसले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ […]
पूरा पढ्नुहोस्
आज हनुमानढोकामा राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदलमार्फत वसन्तपुर दरबारस्थित गद्दी बैठक पुग्नुभएको हो । विसं २०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदलमार्फत गद्दी बैठक जान थाल्नुभएको हो । उहाँसँगै अन्य […]
पूरा पढ्नुहोस्
नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको दोस्रो […]
पूरा पढ्नुहोस्
एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेको छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरि छलफल शुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाका अनुसार कोशी प्रदेशले समुहगत छलफल सकाएर प्रतिवेदन लेखन कार्य थालनि […]
पूरा पढ्नुहोस्



