बागमती प्रदेश
मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनबारे छलफल हुने
काठमाडौँ । आज साँझ ६ बजेपछि बस्ने भनिएको मन्त्रिपरिषद्को नियमित बैठकमा जेन जी पुस्ताको आन्दोलन बारेमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद् बैठक नियमित भए पनि त्यसमा आन्दोलन बारेमा छलफल हुने प्रधानमन्त्रीको प्रेस विज्ञ रामशरण बजगाईले बताउनुभयो । ‘आजको मन्त्रिपरिषद् नियमित बैठक हो, यसअघि नै आह्वान गरिएको बैठक भएकाले नियमित एजेन्डाहरू रहने नै भए, […]
पूरा पढ्नुहोस्
जेन-जी प्रदर्शनमा मर्नेको सङ्ख्या १४ जना पुग्यो, १२३ घाइते
काठमाडौँ । राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा […]
पूरा पढ्नुहोस्
जेन-जी आन्दोलनका क्रममा मर्नेको सङ्ख्या ४ जना पुग्यो
काठमाडौँ । बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको छ । उपचारको क्रममा राजधानीको ट्रमा सेन्टरमा आज दिउँसो थप २ जनाको मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। यसअघि राजधानीको सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको थियो ।
पूरा पढ्नुहोस्
जेन-जी आन्दोलनले भन्यो: विध्वंस र हिंसात्मक गतिविधिमा संलग्नहरू हाम्रा होइनन्
काठमाडौँ । निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगजनी गर्न थालेपछि जेन-जीको प्रदर्शन संयोजन गरिरहेकाहरूले ती आन्दाेलनकारी आफूहरूसँग सम्बन्धित नभएको बताएको छ। उनीहरूले घुसपैठको आशंका गरेका हुन्। सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्। ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ […]
पूरा पढ्नुहोस्
जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको आशङ्का
काठमाडौँ । बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको हुनसक्ने सत्तारुढ दल एमालेले आशङ्का गरेको छ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको हुनसक्ने आशङ्का गरिएको बताए । ‘जेनजीहरुको आन्दोलनमा व्यापक घुसपैठ भएको आशङ्का एमालेले गरेको छ’, गौतमले भने– ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई […]
पूरा पढ्नुहोस्
जेन-जीको प्रदर्शनमा घाइते हुनेको सङ्ख्या ७७ पुग्यो
काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् । घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा […]
पूरा पढ्नुहोस्
जेन-जीद्वारा भरतपुर महानगरपालिकामा तोडफोड
चितवन । जेन-जीको आन्दोलनका क्रममा चितवनको भरतपुर तनावग्रस्त बनेको छ । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । भरतपुरमा भेला भएका केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास समेत प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।
पूरा पढ्नुहोस्
चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वांगी’
चितवन । चेपाङ समुदायले सामूहिक रुपमा न्वांगी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वांगी मनाएका हुन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वांगी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । […]
पूरा पढ्नुहोस्
परम्परा जिवित राख्न चौथो पटक जिब्रो छेडाउनुभयो वीरेन्द्रभक्तले
भक्तपुर । इन्द्रजात्राको अवसरमा यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले आज साँझ जिब्रो छेडाएर भक्तपुरको दत्तात्रय र नवदुर्गा मन्दिरसम्म यात्रा गर्नुभएको छ । भाद्र शुक्ल पूर्णिमाको साँझ आज राति ८ः३० बजे मध्यपुरथिमि नगरपालिका–४ र ५ को सङ्गमस्थलमा दिगुटोल दिग भैरब अगाडिको डबलीमा कर्मी नाइके बाबुकाजी श्रेष्ठले तीन वटा चुच्चो भएको १० […]
पूरा पढ्नुहोस्
सञ्चार मन्त्रालयले भन्योः भीपीएन प्रयोग नगर्नू
चितवन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू सञ्चालन गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न अनुरोध गरेको छ। मन्त्रालयले आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिई ती सामाजिक सञ्जालहरूको पहुँच निषेध गरिसकिएको जानकारी गराएको छ । […]
पूरा पढ्नुहोस्



